राष्ट्रियसभा अध्यक्ष तिमिल्सिना बाढीपीडित बस्तीमा
सारांश
- काठमाडौं, १८ साउन ।
- साउन १ गते आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्ती खोला बस्तीको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज निरीक्षण गरेका छन् ।
- बाढीपहिरो पीडितको अवस्था बुझ्न उनी गृह जिल्ला पर्वत पुगेका हुन् ।
काठमाडौं, १८ साउन । साउन १ गते आएको बाढीले कटान गरेको जलजला गाउँपालिका वडा नं ७ र ८ मा पर्ने लस्ती खोला बस्तीको राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले आज निरीक्षण गरेका छन् । बाढीपहिरो पीडितको अवस्था बुझ्न उनी गृह जिल्ला पर्वत पुगेका हुन् ।
पहिरोका कारण स्थानीय १ सय २० घर जोखिममा पर्नुका साथै १४ घर पूर्णरुपमा विस्थापित छन् । पहिरोले १६ वर्षीय विकास परियारको मृत्यु भएको थियो । गम्भीर घाइते भएका ३ जनाको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ ।
अध्यक्ष तिमिल्सिनाले पहिरोपीडितलाई तत्काल राहत र पुनःस्थापनाका लागि पहल गर्ने प्रतिबद्धता जनाए । उनले मृतकका परिवार र विस्थापित परिवारलाई राज्यको तर्फबाट उचित राहत उपलब्ध गराइने बताए । अध्यक्ष तिमिल्सिनाले पीडित परिवारलाई खाद्यान्न गाउँपालिकाका अध्यक्ष रामकृष्ण मल्लमार्फत वितरण गरेका थिए ।
जिल्ला विपद् व्यवस्थापन समितिको हालैको बैठकले खोलाको कटान नियन्त्रण गर्न रु ३ करोड ५० लाख ९० हजार माग गर्ने निर्णय गरेको छ । बाढी र पहिरोले कटान गरेको क्षेत्रमा भावी जोखिम नियन्त्रण गर्न नदीकिनारमा तत्कालै तटबन्ध बनाउनुपर्ने भएकाले गण्डकी प्रदेश तथा संघीय सरकारको भौतिक पूर्वाधार विकास र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा रकम माग गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकालले बताए ।
Kishor Malla
अति सराहनीय काम बधाई छ अध्यक्ष ज्युलाइ