किम जोड उनले दिए एक राजनीतिज्ञसहित पाँच जनालाई मृत्युदण्ड !
सारांश
- एजेन्सी।
- उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको परमाणु कार्यक्रममाथि भएको वार्ता असफल भएपछि आफ्ना एक राजनीतिज्ञसहित पाँच जना अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ।
- मृत्युदण्ड पाउने मध्ये वाशिंटनसँग वार्ता गर्नुपर्न सुझाव दिने अमेरिकाकालागि उत्तर कोरियाली राजदूतसमेत रहेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
एजेन्सी। उत्तर कोरियाले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको परमाणु कार्यक्रममाथि भएको वार्ता असफल भएपछि आफ्ना एक राजनीतिज्ञसहित पाँच जना अधिकारीलाई मृत्युदण्डको सजाय दिएको छ। मृत्युदण्ड पाउने मध्ये वाशिंटनसँग वार्ता गर्नुपर्न सुझाव दिने अमेरिकाकालागि उत्तर कोरियाली राजदूतसमेत रहेको अन्तर्रा्ष्ट्रिय संचारमाध्यमले जनाएका छन्।
दक्षिण कोरियाको समाचारपत्र चोसुइ इल्बोले उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच दोस्रो शिखर वार्ता असफल भएपछि एक राजनीतिज्ञसहित पाँच जनालाई गोली हानी हत्या गरिएको दाबी गरेको छ।
रिपोर्ट्सका अनुसार हनोईमा भएको बैठककालागि सक्रियता पूर्वक भुमिका निर्वाह गर्न किम ह्योक चोल उत्तर कोरियाली नेता किम जोङ उनसँग उनको निजी रेलमार्फत किमसँगै हनोइ पुगेका थिए। चोललाई ‘सर्वोच्च नेतालाई धोका दिएको’ आरोपमा मृत्युदण्डको सुजाय दिइएको हो।
दक्षिण कोरियाली समाचार पत्रले स्रोतलाई उद्धृत गर्दै लेखेको छ, ‘एउटा छानविनपछि किम ह्योक चोलसमेत विदेश मन्त्रालयका चार अधिकारीको मार्चमा मिरिम विमानस्थलमा हत्या गरिएको थियो। भने अन्य अधिकारीको नाम सार्वजनिक गरिएको छैन।’
फेब्रुअरीमा हनोई सम्मेलनमा किम ह्योक चोल अमेरिकी विशेष प्रतिनिधि स्टिफेन बिगन उत्तर कोरियाली समकक्षी थिए। उत्तर कोरिया–दक्षिण कोरियासँगको सम्बन्धलाई हेर्ने दक्षिण कोरियाको मन्त्रालयले यो विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेको छ।
उक्त प्रत्रिकाका अनुसार किम जोङ उनका इन्टरप्रिटर शिन हाये योङलाई पनि सम्मेलनका क्रममा एउटा गल्ती गरेका कारण जेल पठाइएको थियो। सम्मेलनमा अमेरिकी राष्ट्रपतिले कुनै पनि सम्झौता नगर्ने घोषणा गरेपछि किमको नयाँ प्रस्ताव अनुमोदन हुन सकेको थिएन।
किम जोङ उन र ट्रम्पबीच प्योङयाङको परमाणु कार्यक्रम र अमेरिकी प्रतिबन्ध हटाउने विषयमा कुनै सम्झौता हुन सकेको छैन। उत्तर कोरियाले दवाब बढाउनकालागि मे महिनामा छोटो दूरीका दुई मिसाइलको परीक्षण गरेको थियो। परमाणु कार्यक्रममा सहभागी भएका अमेरिकी रक्षा मन्त्री माइक पोम्पियोका उत्तर कोरियाली समकक्षी किम योङ चोललाई पनि श्रम शिविरमा पठाएको समाचार सार्वजनिक भएको थियो।
प्रतिक्रिया