सन्दीप लामिछानेको नाममा बन्यो नयाँ विश्व कीर्तिमान

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक १४, २०७६
|
|
२२ पटक हेरिएको
Shares
सन्दीप लामिछानेको नाममा बन्यो नयाँ विश्व कीर्तिमान

सारांश

  • मर्नुस लबुस्चग्ने गत वर्ष ५ सय ८६ खेल खेल्दै सर्वा्धिक व्यस्त क्रिकेटर थिए ।
  • जोए रुटले सबैभन्दा धेरै अन्तर्रा्ष्ट्रिय खेल खेले ।
  • अलेसा हेली सबैभन्दा धेरै खेल खेल्ने महिला क्रिकेटर बनिन् ।

मर्नुस लबुस्चग्ने गत वर्ष ५ सय ८६ खेल खेल्दै सर्वा्धिक व्यस्त क्रिकेटर थिए । जोए रुटले सबैभन्दा धेरै अन्तर्रा्ष्ट्रिय खेल खेले । अलेसा हेली सबैभन्दा धेरै खेल खेल्ने महिला क्रिकेटर बनिन् । विराट कोहली अन्तर्रा्ष्ट्रिय खेलमा सबैभन्दा धेरै बल झेल्ने क्रिकेटर बने ।

गत वर्षका यी विश्व रेकर्डलाई टक्कर दिने गरी यस वर्ष नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने चम्किएका छन् । ‘द क्रिकेट मन्थ्ली’ अनलाईनका अनुसार यस सिजनमा सबैभन्दा धेरै देशमा ‘टि ट्वान्टी’ खेल्ने क्रिकेटर बनेका छन् सन्दीप ।

सन्दीपसँगै अफगानिस्तानका नजिबउल्लाह जद्रान पनि शीर्ष स्थानमा छन् । उनीहरुले सबैभन्दा धेरै ८ देशमा खेलेका हुन् । इन्डियन प्रिमियर लिगबाट अन्तर्रा्ष्ट्रिय खेल सुरु गरेका सन्दीपले अष्ट्रेलियाको बिग बास हुँदै क्यानडा, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र हङकङका खेल खेलिसकेका छन् ।

यससँगै सबैभन्दा धेरै बलिङ गर्ने क्रिकेटरको दोस्रो सूचीमा पनि छन् सन्दीप । लामिछानेले अहिलेसम्म टी ट्वान्टीमा ९ सय ८५ पटक बलिङ गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?