नेपाली काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ ५, २०७५
|
|
२० पटक हेरिएको
Shares

सारांश

  • काठमाडौँ, ५ माघ – नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ ।
  •  नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापति भूसाललाई स्वागत गर्नुभयो ।
  •  भूसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति हुनुभएको थियो ।

काठमाडौँ, ५ माघ – नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । 

नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेका चितवन जिल्लाका पूर्वसभापति भूसाललाई स्वागत गर्नुभयो । 

भूसाल २०४९ सालमा नेपाली काँग्रेसको चितवन जिल्ला सभापति हुनुभएको थियो । त्यस्तै २०५० सालमा राष्ट्रिय सुकुम्बासी अयोगका अध्यक्ष र २०५१ सालको आम निर्वाचनमा चितवनबाट निर्वाचित हुुनुभएको थियो । 

नेकपा प्रवेश गर्दै भूसालले मुलुकलाई समृद्ध बनाउन नेकपा र नेकपा नेतृत्व सरकार सक्षम रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “नेपाली काँग्रेसले मुलुकको समृद्धि गर्न सकेन, सामाजिक परिवर्तन, जनताको मुक्ति र समृद्धि नेकपाले गर्न सक्छ ।” उहाँले काँग्रेस कार्यकर्तालाई पनि समृद्ध नेपाल निर्माण गर्ने अभियानमा नेकपाको छातामुनी गोलबन्द हुन आग्रह गर्नुभयो । 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?