राष्ट्रियसभा बैठकमका एमसीसीकाे चर्चा

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष २७, २०७६
|
|
३५ पटक हेरिएको
Shares
राष्ट्रियसभा बैठकमका एमसीसीकाे चर्चा

सारांश

  • काठमाडौं।
  • प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भइरहेको आरोप लगाएका छन्।
  •   राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सत्ताधारी पार्टीबाट एमसीसी सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएको भन्दै गम्भीर आपत्ति जनाए।
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सत्तारुढ दलभित्र विभिन्न वहानामा एमसीसी सम्झौताबाट पछि हट्ने चलखेल भइरहेको आरोप लगाएका छन्। 
राष्ट्रियसभाको आइतबारको बैठकको विशेष समयमा बोल्दै उनले सत्ताधारी पार्टीबाट एमसीसी सम्झौताको वास्तविक विषयवस्तुलाई अन्यत्र तोडमोड गर्ने काम भएको भन्दै गम्भीर आपत्ति जनाए। सत्तारुढ पार्टी भित्रको बहसले एमसीसी सम्झौताको विषय वस्तुलाई डाईभर्ट, डाईलुट गर्ने, मिस इन्टरप्रिट गर्ने, राष्ट्रिय हित र असंलग्नता भन्ने परराष्ट्रनीतिको मुख्य अवधारणाबाट अलग जाने प्रयास भइरहेको दाबी उनले गरे। 
परराष्ट्रनीतिको सञ्चालन संविधानले निर्दिष्ट गरेको बाटोबाट नभई छिमेकी र कुनै एउटा पार्टीको सिद्धान्त अनुरुप संञ्चालन गर्ने काम भएको भन्दै उनले प्रश्न गरे–कुनै पार्टी आईडोलोजीको बन्दी देशकै परराष्ट्रनीतिलाई बनाउने कि नबनाउने?’ नेपाललाई सही ढंगले विकासको बाटोमा लैजाने हो भने कनेक्टीभिटीको बाटोमा अघि बढ्नुपर्नेमा जोड दिँदै उनले कुनै पनि बहानामा एमसीसीबाट पछि हट्न नहुने तर्क गरे। 
‘कुनै न कुनै बहानाबाट, फगत क्रान्तिकारी लफजीको नाममा यदि यो कार्यक्रमलाई रोक्ने काम हुन्छ भने समृद्ध नेपाल र सुखी नेपाली को दिशामा अघि बढ्न सक्दैन,’ उनले भने। उनले सही अर्थमा नेपालको विकास गर्न चाहने हो भने एमसीसी सम्झौताबाट पछि हट्न नहुने तर्क गरे। ‘नेपालको परराष्ट्रनीतिको सञ्चालन हाम्रो संविधानले निर्दिष्ट गरेको बाटोबाट संचालन हुने कि कुनै एउटा छिमेकीको इसारामा सञ्चालन हुने? परराष्ट्र नीतिको सञ्चालन हाम्रो संविधानले निर्दिष्ट गरेको र परिभाषित गरेको बाटोबाट संचालन हुने कि कुनै अमुक पार्टीले अंगिकार गरेको आईडोलोजीबाट निर्दिष्ट हुने?,’ उनले भने, ‘हामी साच्चिकै नेपालमा समृद्ध नेपाल र सुखी नेपाली बनाउन चाहन्छौ कि दरिद्र नेपाल र दुखी नेपाली बनाउन चाहन्छौं?’राष्ट्रियसभा सदस्य ब्रिशेष चन्द्र लालले सुरक्षा समितिको बैठकमा कुनै दलका प्रतिनिधि लगातार सहभागी भएको विषयमा सदनलाई जानकारी गराउन सरकारसँग माग गरे। 
कुनै दलका प्रतिनिधि संवेदनशिल बैठकहरुमा पटक पटक सहभागी हुनुले शासन प्रणाली नै एकदलिय तर्फ जादैछ भन्ने शंका पैदा भएको भन्दै त्यस किसिमको सहभागिता बारे सरकारले सदनलाई जानकारी गराउन माग गरे।‘छापामा आएको विषयमा मेरो पनि ध्यान आकृष्ट भयो। अति संवेदनशील बैठकहरुमामा पार्टीका प्रतिनिधिहरु भाग लिनुहुन्छ। यो मामुली कुरा होइन,’ उनले भने, ‘विधिको शासनको निमित्त, यो लोकतन्त्रको निमित्त अत्यन्तै गम्भीर कुरा हो । एउटा बैठकमा होइन , कतिपय बैठकहरुमा। यदि पार्टीको प्रतिनिधिनै चाहिन्छ भने, यो बहुदलिय व्यवस्थामा अन्य पार्टीहरु पनि छन्। एउटा पार्टीको प्रतिनिधि अनधिकृत रुपमा अति संवेदनशील बैठकहरुमा उपस्थित हुनुहुन्छ भने भोलि सदनमा पनि कोही सदस्य नरहेको व्यक्ति उपस्थित नहुनुहोला भन्ने कुरा कसरी विश्वास गर्न सकिन्छ।
’राष्ट्रियसभा सदस्य रामलखन चमारले नवलपरासीस्थित लुम्बिनी चिनी कारखानालाई निजीकरण गर्ने क्रममा भएको सम्झौता कार्यान्वयन नभएको भन्दै सम्बन्धीत निकायको ध्यानाकर्षण गराए। ४ वर्षमा मिलको क्षमता तीन गुणा वृद्धि गर्ने भनिएको भएपनि अहिले मिल बन्द रहेको भन्दै निजीकरण गर्ने सम्बन्धमा भएको सम्झौता बदर गरी सरकारी स्वामित्वमा राखेर संञ्चालन गर्ने प्रक्रिया अघि बढाउन उनले माग गरे। 
उनले तात्कालीन अर्थमन्त्री विष्णु पौडेलको समयमा शिक्षाका लागि निर्रव्याज ऋण दिने भनिएको भएपनि अहिले सम्म कार्यविधि बन्न नसकेको भन्दै गरिब जनताका छोरा छोरीले सहज अध्ययन गर्ने व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराए।  

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?