मृत घोषित यी महिला १० घन्टापछि जिउँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, मंसिर ४, २०७७
|
|
२४ पटक हेरिएको
Shares
मृत घोषित यी महिला १० घन्टापछि जिउँदै

सारांश

  • एक महिला मृत घोषित भएपछि पनि जिवितै भएकी छिन् ।
  • उनी आफैले यमराजसँग भेटेको पनि दाबी गरेकी छिन् ।
  • उत्तर प्रदेशको बुलंदशहरमा यस्तो घटना भएको हो ।

एक महिला मृत घोषित भएपछि पनि जिवितै भएकी छिन् । उनी आफैले यमराजसँग भेटेको पनि दाबी गरेकी छिन् । उत्तर प्रदेशको बुलंदशहरमा यस्तो घटना भएको हो । ९० वर्षकी कैला देवीको केही दिन अगाडी मृत्यु भएको थियो । महिलाको मृत्यु भएपछि गाउँका सबैमानिसहरु उनको घरमा आएका थिए । महिलाको शवलाई अन्त्येष्टि गर्न लैजाने तयारी भइरहेको थियो । अन्तिम सस्कारको तयारी भइरहँदा उनको शरीर बरफमा राखिएको थियो । उनी मरेको १० घन्टा भइसकेको थियो । शव मशानघाट लैजाने क्रममा उचाल्न लाग्दा कैलादेवी अचानक बोल्न थालिन् । उनको शरीरमा ताप आइसकेको थियो ।

सबै मानिसहरु आश्चर्यमा परे । बृद्ध महिला मरेपछि पनि कसरी जीवित भइन् भन्दै सबैजना दंग परे । कैलादेवीको अनुसार, उनी मरेपछि ४ जना मानिस उनलाई लिन आएका थिए, जसमध्ये एकजना व्यक्तिको दाह्री लामो लामो थियो । सबैजनाले कैलादेवीलाई यमलोक लगे । तर एक पुरुषले लेखा जोखा हेर्दै उनको समय पुरा नभएको बताएपछि फेरी यमराज आफै यहाँ छाड्न आएका थिए ।

उनी जिउँदै भएको खबर पाएपछि यमलोकको कुरा सोध्नकै लागि मानिसहरु उनको घरमा आउन थालेका छन् । यस दुनियाँमा यस्ता धेरै घटना हुन्छन्, जसलाई पत्याउनै मुस्किल पर्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?