नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र २७, २०७४
|
|
२५ पटक हेरिएको
Shares
नेपाल रेडक्रसको महाधिवेशन भोलिदेखि

सारांश

  • काठमाडौँ, २७ चैत  ।
  •   सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ ।
  • सो महाधिवेशनले आव २०७३÷७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५÷७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।

काठमाडौँ, २७ चैत  ।  सामुदायिक उत्थानशीलताको लागि साझेदारी भन्ने नाराका साथ मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ ।

सो महाधिवेशनले आव २०७३÷७४ को वार्षिक प्रगति, आर्थिक र लेखापरीक्षण प्रतिवेदनको समीक्षा गरी आगामी आव २०७५÷७६ को लागि प्रस्तावित कार्यक्रम तथा अनुमानित बजेटमा तय गर्नेछ ।

साथै महाधिवेशनमा भूकम्प प्रतिकार्य कार्यक्रम, विपत् तथा संकट व्यवस्थापन, स्वास्थ्य तथा सामुदायिक सशक्तीकरण, संगठन तथा क्षमता विकास, मानवीय सिद्धान्त तथा कूटनीतिसम्बन्धी गतिविधिलाई प्रभावकारी बनाउने विषयमा गहन छलफल हुने नेरेसोका सञ्चार विभाग प्रमुख दिव्यराज पौडेलले जानकारी दिनुभयो छ ।

नेरेसोको सातौँ पञ्चवर्षीय योजनाले सामुदायिक उत्थानशीलताको लागि सबै पक्षको साझेदारी अवधारणालाई अघि बढाउने नीति अवलम्बन गरेको थियो । विशेष गरी विसं २०७२ वैशाख महिनामा गएको विनाशकारी भूकम्पका समयमा खोज, उद्धार तथा राहत एवं त्यसपछि पुनःनिर्माणमा कार्यमा संस्थाले नेतृत्वदायी भूमिका निर्वाह गरिरहेको छ ।

भूकम्प अतिप्रभावित १४ जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमले निजी आवास निर्माण, जीविकोपार्जन, खानेपानी र सरसफाइ, स्वास्थ्य क्षेत्रमा समुदायलाई सहयोग गरिरहेको कार्यक्रमका संयोजक उमेश ढकालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?