​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र १९, २०७४
|
|
४३ पटक हेरिएको
Shares
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी

सारांश

  • काठमाडौं ।
  • ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज गर्नेहरुको डेटाबेस तयार पारेर प्रहरीसमक्ष बुझाउने भएको छ ।
  • केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्तिको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको आयोजकको भनाई छ ।

काठमाडौं । ‘नेपाल आइडल’ आयोजकले आफूविरुद्ध अनर्गल प्रचारबाजी तथा गालीगलौज गर्नेहरुको डेटाबेस तयार पारेर प्रहरीसमक्ष बुझाउने भएको छ ।

केही दिनदेखि प्रतियोगिता आयोजक, निर्णायक र कर्मचारीलाई सामाजिक सञ्जालमा अपाच्य र तल्लो स्तरको भाषा प्रयोग गर्दै गाली गरेका व्यक्तिको सूचि प्रहरीलाई बुझाउने तयारी गरेको आयोजकको भनाई छ ।

अन्तर्राष्ट्रिय स्तरको टेलिभिजन शोको प्रतिष्ठामाथि आँच आउने काम नगर्न आग्रह गर्दै केही समूह नेपाल आइडल प्रतियोगितालाई नै विवादित बनाउन लागिपरेको नेपाल आइडलले फेसबुकमा लेखेको छ ।

साथै गत शुक्रबार नो इलिमिनेसन डे घोषणा गरिएको कुरालाई लिएर धेरै नै गुनासो आएकोले आउने हप्ताको भोटिङ निःशुल्क बनाउन फ्रिमेन्टल मिडियासँग छलफल भइरहेको पनि प्रतियोगिता आयोजकको भनाई रहेको छ ।

त्यस्तै शोमा कुनै पनि मनोमानी नभएको र आफूलाई कार्यक्रम सञ्चालन गर्न दिने फ्रिमेन्टल मिडियाको नियम भन्दा बाहिर गएर प्रतियोगिता सञ्चालन नभएको पनि कम्पनीको दाबी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?