यी प्रदेशमा भारी वर्षाको सम्भावना, सर्तक रहन अनुरोध

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ११, २०८१
|
|
४६ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं।
  • हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।
  • मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको छ।

हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

त्यस्तै आज राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहने छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि संभावना रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यी हुन् प्रदेशमा स्थापना हुने सरकारी कार्यालयहरू
यी हुन् प्रदेशमा स्थापना हुने सरकारी कार्यालयहरू
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
वामदेवलाई सांसद बनाउन झलनाथको लबिङ, कुन स्थान देखे वामदेवका लागि खाली?
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्योलमा
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
मनाेरञ्जन समाचार : एसिड आक्रमण पीडित युवतीको रुपमा दीपिकालाई चिन्नै मुस्किल, यसरी बदलियो रुप
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
देशकै ठूलो मिडियाका पत्रकारको यस्तो व्यथा, ठूला भनिएका मिडियामा पत्रकारको भविष्य असुरक्षित !
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
स्नातक तह एमबिबीएस र बिडीएसको लाइसेन्स परीक्षाफल प्रकाशित
औद्योगिकीकरणको विकासमा कमजोर कर्णाली, भएका साना उद्योगहरु पनि संकटमा
औद्योगिकीकरणको विकासमा कमजोर कर्णाली, भएका साना उद्योगहरु पनि संकटमा
आइफा अवार्डले यस्तो मोड लिदै
आइफा अवार्डले यस्तो मोड लिदै
बन्दुक देखाएर १२० तोला सुन लुटपाट
बन्दुक देखाएर १२० तोला सुन लुटपाट
सार्वजनिक यातायातको घट्यो भाडा, कुन ठाउँको भाडादर कति ?
सार्वजनिक यातायातको घट्यो भाडा, कुन ठाउँको भाडादर कति ?