एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन १४, २०७६
|
|
३८ पटक हेरिएको
Shares
एक दशकपछि घरेलु मैदानमा भएको खेलमा पाकिस्तानको दमदार जित

सारांश

  • एजेन्सी ।
  • श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ ।
  • एक दशकपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गरेको हो।

एजेन्सी । श्रीलंकाविरुद्धको एक दिवशीय सिरिजको दोस्रो खेलमा पाकिस्तान विजयी भएको छ । एक दशकपछि पहिलो पटक अन्तर्रा्ष्ट्रिय टिमसँग घरेलु मैदानमा सिरिज खेल्न पाएको पाकिस्तानले पाहुना टोली श्रीलंकालाई ६७ रनले पराजित गरेको हो।

जितसँगै पाकिस्तानले तीन खेलको सिरिजमा १–० को अग्रता लिएको छ । यसअघि पहिलो खेल भारी वर्षाका कारण रद्द भएको थियो । पाकिस्तानले दिएको ३०६ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका ४६.५ ओभरमा २३८ रनमा अलआउट भयो । २८ रनमा पाँच विकेट गुमाएको श्रीलंकाका लागि शेहान जयसुरिया र दासुन शेनाकाले छैटौं विकेटका लागि उत्कृष्ट साझेदारी गरे ।

उनीहरुले १७७ रनको पार्टनरसिप गरेका थिए । ब्यक्तिगततर्फ जयसुरियाले ९६ रन बनाए भने शनाकाले ६८ रन जोडे । अन्य खेलाडीको प्रदर्शन खराब रह्यो । श्रीलंकालाई हराउनका लागि पाकिस्तानका उश्मान सिनवारीले उत्कृष्ट बलिङ गर्दै पाँच विकेट लिए ।

कराँचीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टिमले ५० ओभरमा सात विकेट गुमाउँदै ३०५ रन बनायो । उसका लागि बाबर आजामले सतकीय पारी खेले । उनले १०५ बलमा ११५ रनको योगदान दिए । यस्तै फखर जमानले ५४ रन जोडे भने हरिस सोहिलले ४०, इफ्तिकर अहमेदले ३२, इमाम उल हकले ३१ बनाए । दुई टिमबीचको तेस्रो खेल बुधबार हुनेछ । त्यसपछि तीनवटा टि–२० सिरिज खेल हुनेछ

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
शहीद स्मारक ‘ए’ डिभिजन फुटबल स् पुलिसद्वारा फ्रेण्ड्स पराजित
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त
प्रधानमन्त्री ओलीद्वारा सांसद पहाडीको निधनप्रति दुःख व्यक्त
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
बहुप्रतिक्षित पेट्रोलियम पाइपलाइनको आज उद्घाटन हुँदै
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
मन्त्री अधिकारीसति ७ जनाकै शब श्रद्धाञ्जलीका लागि अपरान्ह ३ बजेदेखि टुँडिखेलमा राखिने
विदेशी मुद्राको विनिमय दर कति ?
विदेशी मुद्राको विनिमय दर कति ?
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
पहिलो विश्व कास्की सम्मेलन पोखरामा हुदै
उपत्यका प्रवेशमा झन कडाइ, भित्रिनेले यी मापदण्ड पुरा गर्नु पर्नेछ
उपत्यका प्रवेशमा झन कडाइ, भित्रिनेले यी मापदण्ड पुरा गर्नु पर्नेछ
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
रुकुम पूर्वमा महको उत्पादन दोब्बरले बढ्यो
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
विवेकशील साझाद्वारा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ
लण्डन रेल आक्रमणमा सम्लग्न रहेको आशङ्कामा दोस्रो व्यक्ति पक्राउ

तपाईंले छुटाउनुभयो कि?