गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर २४, २०७४
|
|
२१ पटक हेरिएको
Shares
गुरु अशोक राईलाई भारि मतले हराए जयकुमारले

सारांश

  • सुनसरी, मंसिर २४– सुनसरी १ मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई भारि मतले पराजित गर्दै नेकपा एमालेका जयकुमार राई विजयी हुनु भएको छ ।
  • जयकुमारले अशोकलाई २२ हजार ४ सय ५ मतले पराजित गर्नुभयो ।
  • जयकुमारले ४४ हजार ५ सय २८ मत पाउनु भएको छ ।

सुनसरी, मंसिर २४– सुनसरी १ मा संघीय समाजवादी फोरमका वरिष्ठ नेता अशोककुमार राईलाई भारि मतले पराजित गर्दै नेकपा एमालेका जयकुमार राई विजयी हुनु भएको छ ।

जयकुमारले अशोकलाई २२ हजार ४ सय ५ मतले पराजित गर्नुभयो । जयकुमारले ४४ हजार ५ सय २८ मत पाउनु भएको छ । अशोक राईको २२ हजार १ सय २३ मत पाउनुभयो ।

पराजित अशोक राईलाई नेपाली कांग्रेसले समेत सहयोग गरेको थियो । जयकुमार वाम गठबन्धनबाट उम्मेदवार बन्नु भएको हो ।

पराजित अशोक राई यसअघि खोटाङ र उदयपुरबाट उम्मेदवार बन्नु भएको थियो । तर यसपालि क्षेत्र परिवर्तन गर्दै सुनसरी पुगेका राई त्यहाँ पनि पराजित हुनु भएको हो ।

२०७० सालको चुनावमा समानुपातिकबाट सांसद बनेका राई संघीय समाजवादी फोरमको संसदीय दलको नेता समेत बन्नु भएको थियो ।

गुरुलाई हराउने जयकुमार

नेकपा एमाले सुनसरीका जिल्ला सदस्य जयकुमार राई पहिलोपटक संसदीय चुनावमा उम्मेदवार बन्नु भएको हो । उहाँको जन्म २०२५ सालको साउन २४ गते भोजपुरको बालङ्खामा भएको हो ।

जयकुमारले स्नातकोत्तरसम्मको अध्ययन गर्नुभएको छ । शिक्षा सदन मावि धरानबाट एसएलसी दिएका राईले महेन्द्र बहुमुखी क्याम्पसबाट स्नातकोत्तरसम्मको अध्ययन पूरा गर्नु भएको हो । २०३९ सालमा शिक्षा सदन माविमा अनेरास्ववियुको प्रारम्भिक कमिटिको सदस्य भएका राई पछि उपाध्यक्ष हुँदै अध्यक्ष बन्नुभयो । महेन्द्र बहुमुखी क्याम्पसमा पढ्दा क्याम्पस इकाइ कमिटिमा आवद्ध हुनुभयो र जिल्ला कमिटिको उपाध्यक्ष समेत बन्नुभयो ।

अनेरास्ववियुको कोशी अञ्चल कमिटी संयोजक बनेका जयकुमार राई एमालेको भने जिल्ला सदस्य तथा विद्यार्थी इन्चार्जसम्म बन्नु भएको छ । अहिले उहाँ नेकपा एमाले धरान उपमहानगरपालिकाको सह इन्चार्ज हुनुहुन्छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?