राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २९, २०७५
|
|
१४ पटक हेरिएको
Shares
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीको क्यालेण्डर लोर्कापण सहित शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

सारांश

  • पोखरा,२९ बैशाख राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले शनिवार नयाँ वर्ष २०७५ सालको शुभकामना आदान प्रदान सहित नयाँ वर्षको भित्तेपात्रोको समेत लोर्कापण गरेको छ ।
  • राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की द्धारा प्रकाशित नयाँ वर्ष २०७५ सालको भित्तेपात्रो (क्यालेन्डर) कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेले लोर्कापण गरेका हुन् ।
  •   उक्त अवसरमा बोल्दै उनले कास्की जिल्ला अब बलियो खम्वाका रुपमा रहेको बताउदै यसलाई मजबुत बनाउनु पर्ने बताए ।

पोखरा,२९ बैशाख

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीले शनिवार नयाँ वर्ष २०७५ सालको शुभकामना आदान प्रदान सहित नयाँ वर्षको भित्तेपात्रोको समेत लोर्कापण गरेको छ ।राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्की द्धारा प्रकाशित नयाँ वर्ष २०७५ सालको भित्तेपात्रो (क्यालेन्डर) कार्यक्रममका प्रमुख अतिथि राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका निवर्तमान अध्यक्ष पुरुषोत्तम न्यौपानेले लोर्कापण गरेका हुन् । 


उक्त अवसरमा बोल्दै उनले कास्की जिल्ला अब बलियो खम्वाका रुपमा रहेको बताउदै यसलाई मजबुत बनाउनु पर्ने बताए । अब प्रादेशिक रुपमा जाने भएपछि कास्की बलियो हुने भन्दै प्रतिष्ठान कास्कीको नामावली रेर्कड राख्न सुझाव दिए । उनले काम गर्न हिच्किचाउने तर अबिधेशनका क्रममा तछाडमछाड गर्ने को को छन् यिनको नामावली तयार पार्न कास्कीलाई सुझाव दिए । ढिलै भए पनि प्रतिष्ठानले क्यालेन्डर निकालेकोमा खुशी व्यक्त गर्दै यस्ता कामहरुलाई निरन्तरता दिन आग्रह गरे ।


कार्यक्रममा प्रदेश संयोजक तारापति सुबेदीले अब छिटै नै अञ्चल विघटन हुने र प्रदेश स्तरिय कार्यसमिति निर्माण गर्नेमा जोड दिए । उनले गण्डकी र धौलागिरी अन्र्तगत पर्ने जिल्लाहरुमा समन्वय गरी प्रादेशिक लोक दोहोरी प्रतिष्ठान निर्माण गर्ने उनले बताए । उनले २०५७ सालदेखि प्रतिष्ठानको जग्गाका बारेमा कुरा नभएका होईनन् तर हाल सम्मपनि उपलव्ध गर्न नसकिएकोमा दुख व्यक्त गरे । 


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकीका अध्यक्ष शंकर विरही गुरुङले अब गण्डकी प्रादेशिक हुने भएको छ र यसको सम्पुर्ण कामहरु पुरा भएको भन्दै आफु जहा रहे पनि कास्कीलाई सहयोग गर्ने बताए ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सल्लाहाकार मोति गिरीले प्रतिष्ठान कास्कीलाई छिटै जग्गा उपलव्ध गर्न लागि परिने बताए । कुरा धेरै भयो तर काम भएन भन्दै अबको एक हप्तामा जग्गाको टुङो लगाउने प्रतिवद्धता व्यक्त गरे ।


कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका सदस्य जीवन दाहाल, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालका पुर्व सदस्य तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सल्लाहाकार पार्वति जिसी, राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सल्लाहाकार निलकण्ठ आचार्य, लगायतले शुभकामना दिएका दिएका थिए ।

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका अध्यक्ष प्रेमराज अधिकारीकोे अध्यक्षतामा सम्पन्न कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका वरिष्ठ उपाध्यक्ष टेक क्षेत्रीले स्वागत गरेका थिए ।


क्यालेण्डर लोर्कापण समितिका संयोजक तथा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सहसचिव माधव चापागाईले कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए भने राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान कास्कीका सचिव ज्ञानेश्वर सुबेदीले कार्यक्रम संचालन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?