बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
२८ पटक हेरिएको
Shares
बालश्रमविरुद्व एम्नेष्टीको अभियान सुरु (फोटोफिचर सहित)

सारांश

  • काठमाडौ ।
  • सबिधान ऐन , नियम र अन्तरराष्टिय महासन्धिहरुले बालबालिकाकोे अधिकारका लागिमहत्पुर्ण ब्यबस्था गरेको भएपनि ब्यबहारमा कार्यान्वयन हुन नसकेको अबस्थालाई ध्यानमा राखी एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपले बालश्रम बिरुद्ध राष्टिय अभियान संचालन गर्ने भएको छ ।
  • सोही अभियानका सन्दर्भमा एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप र जया मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ ।

काठमाडौ । सबिधान ऐन , नियम र अन्तरराष्टिय महासन्धिहरुले बालबालिकाकोे अधिकारका लागिमहत्पुर्ण ब्यबस्था गरेको भएपनि ब्यबहारमा कार्यान्वयन हुन नसकेको अबस्थालाई ध्यानमा राखी एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुपले बालश्रम बिरुद्ध राष्टिय अभियान संचालन गर्ने भएको छ ।

सोही अभियानका सन्दर्भमा एम्नेष्टी इन्टरनेशनल नेपाल मिडिया ग्रुप र जया मल्टिपल क्याम्पसको संयुक्त आयोजनामा बिशेष अन्तरक्रिया कार्यक्रम सपन्न भएको छ । मिडिया गु्रपका अध्यक्ष मुकुन्द ढुगानाको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका युवा नेता एवं सांसद रामेश्वर फुयालले बालअधिकारका लागि नेपालको सबिधानले बिशेष ब्यबस्था गरेको जानकारी गराउनुभएको छ

उहाले बालश्रम बिरुद्ध संचालन गरिएको अभियानलाई सार्थक बनाउन सबै पक्षको प्रभाबकारी भुमिका आबश्यक भएको कुरामा जोड दिनुभएको छ । उहाले एम्नेष्टी मिडिया ग्रुपको सल्लाहकार हुनु भएकोमा जय मल्टिपल क्याम्पसका सस्थापक प्रिन्सिपल भवानी प्रसाद पौडेल र वेलनेश अस्पतालका अध्यक्ष सिर्जना शर्मालाई सम्मान गर्नुभयो ।

कार्यक्रममा बरिष्ठ पत्रकार टंक पन्तले एम्नेष्टी मानबअधिकारको क्षेत्रमा स्थापित अन्तराष्टिय संस्था भएको र एम्नेष्टीले उठाउने बिषयलाई कुनै पनि मुलुकले गभीरताका साथलिने गरेको स्पष्ट पार्दै बालबालिकाका लागि गरिने लगानी भनेको राज्यको भबिष्यका लागि गरिने लगानी हो भन्नु भएको छ ।

उहाले सबिधान ऐन कानुन र अन्तराष्टिय महासन्धिहरुको प्रभाबकारी कार्यान्वयन गर्नका लागि सबद्ध सरोकारवाला सस्थालगायत सबै पक्षको भुमिकाको खाचो रहेको औल्यानु भएको छ । उहाले अहिले अति जोखिममा रहको बालबबालिकाको सख्या डर लाग्दो रहेको भन्दै राज्यकाजिम्मेबार मन्त्री , सभासद , मन्त्रालयका सचिबहरु सहितअन्य राज्यकाजिम्मेबार ब्याक्तिको घरमाबालबालिका घरेलु कामदारको रुपमा रहेको स्पष्ट पार्नुभएको छ ।

एम्नेष्टी नेपालकापुर्ब अध्यक्ष सुर्य अधिकारीले एम्नेष्टी इण्टरनेशनलको बारेमा जानकारी गराउदै नेपालमा एम्नेष्टीले मानबअधिकारको सबद्र्धन र सरक्षणका लागि खेलेको भुमिकाएवं सस्थाको नीति बारेमा जानकारी गराउनु भएको थियो । जया मल्टिपल क्याम्पसमा सस्थापक प्रिन्सिपल भवानी प्रसाद पौडेल , वेलनेश अस्पतालका अध्यक्ष सिर्जना शर्माले बालबालिको महत्व र उनीहरुलाई घर देखि बाहिर सम्मगर्नुपर्ने कार्यका बारेमाजानकारी गराउनुभएको थियो ।

कार्यक्रममा गीता खनाल , देबी घिमिरे, अश्मिता चौलागाइ लगाएतले मानबअधिकार , बालअधिकार एवं आगामीदिनमागर्नुपर्ने दायित्वबारे आआपनो धारणा राख्नुभएको थियो । कार्यक्रममा मिडिया ग्रुपका महासचिब ,सचिब सहित सबै सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?