राजधानी छोड्दै सर्वसाधारण !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २५, २०७५
|
|
२८ पटक हेरिएको
Shares
राजधानी छोड्दै सर्वसाधारण  !

सारांश

  • काठमाडौं, २५ असाेज।
  • नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै राजधानी काठमाडौंबाट बाहिरीनेको संख्या बढ्न थालेको छ।
  • राजधानीबाट दैनिक एक लाख भन्दा बढी यात्रु राजधानीबाट बाहिरिने गरेको ट्राफिक प्रहरीले जनाएको छ।

काठमाडौं, २५ असाेज। नेपालीहरुको महान चाड दसैं नजिकिएसँगै राजधानी काठमाडौंबाट बाहिरीनेको संख्या बढ्न थालेको छ। राजधानीबाट दैनिक एक लाख
भन्दा बढी यात्रु राजधानीबाट बाहिरिने गरेको
ट्राफिक प्रहरीले जनाएको छ।

विभिन्न जिल्लाबाट आएर अध्ययन तथा
व्यापार व्यवासाय गरिरहेकाहरु राजधानीबाट
बाहिरन थालेका हुन्। ट्राफिक प्रहरीका अनुसार
मंगलबारमात्रै उपत्यकाबाट एक लाख १७  हजार यात्रु
बाहिरिएका छन्। अधिकाशंले राजधानी छाेडिसकेका कारण शुक्रबारदेखि भने यात्रुको संख्यामा कमी आउने ट्राफिक प्रहरीले अनुमान गरेको छ।

घटस्थापनापछि अधिकांश यात्रु राजधानीबाट आफ्नो
गृहजिल्लातर्फ जाने गरेका छन्। बसपार्कमा अहिलेसम्म दश लाख
यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?