हुम्लामा हेलिकप्टरकाे पंखाले लागेर एक जनाकाे मृत्यु !
सारांश
- हुम्ला, २९ साउन ।
- हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ ।
- सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए ।
हुम्ला, २९ साउन । हुम्लाको हिल्सामा मनाङ एयरको हेलिकोप्टरको पंखाले लागेर एक जना भारतीयको मृत्यु भएको छ । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले अपराह्न सवा ३ बजे यात्रु ओराल्दै गर्दा पछाडिपट्टिको पंखाले लागेर भारतको मुम्बइका ४२ वर्षीय नविन्द्रकुमार कात्तिक नेहटाको मृत्यु भएको जानकारी दिए । हेलिकोप्टर सिमकोटबाट हिल्सातर्फ उडेको थियो । जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको छ । नेहटारको शव भोलि हिल्साबाट सदरमुकाम सिमिकोट ल्याइने पोखरेलले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया