सानेपा हत्याकाण्डः मृतकको अन्त्येष्टि

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १, २०७६
|
|
१७ पटक हेरिएको
Shares
सानेपा हत्याकाण्डः मृतकको अन्त्येष्टि

सारांश

  • काठमाडौं, १ फागुन ।
  • पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरी दुवैको आ आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरिएको छ ।
  • मुनाको पशुपति आर्यघाटमा र चौधरीको दाङमा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

काठमाडौं, १ फागुन । पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्की र घरेलु कामदार विजय चौधरी दुवैको आ आफ्नो संस्कार अनुसार अन्त्येष्टि गरिएको छ । मुनाको पशुपति आर्यघाटमा र चौधरीको दाङमा परम्परा अनुसार अन्त्येष्टि गरिएको हो ।

पाटन अस्पतालमा पोष्टमार्टमपछि मुनाको शव परिवारले बुझेको थियो । उनका दुई छोरीहरु बेलायत र अष्ट्रेलियाबाट आइपुगेपछि अन्त्येष्टि गरिएको बुझिएको छ ।

यसैगरी, विजय चौधरीका पिता जानकी चौधरी ललितपुर आएर शव बुझेका थिए । उनले बुधबार नै शव दाङ लिएर गएका थिए । विजयको परम्परा अनुसार अन्त्येष्टि गरिएको थियो ।

सोमबार भएको सानेपा हत्याकाण्डमा पूर्व सचिव अर्जुनकुमार कार्कीकी श्रीमती मुना कार्कीलाई घरेलु कामदार विजय चौधरीले हत्या गरी आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । यसबारे थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी टेक राईले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?