पोखराको क्याम्पस मानित विश्वविद्यालय बन्दै

Shikharkhabar Shikharkhabar
|
शनिबार, कार्तिक २५, २०७४
|
|
४७ पटक हेरिएको
Shares
पोखराको क्याम्पस मानित विश्वविद्यालय बन्दै

सारांश

  • २५ कात्तिक, पोखरा ।
  • सामुदायिक क्याम्पस भन्ने बित्तिकै नाक खुम्च्याउनेहरुका लागि पोखराको जनप्रिय क्याम्पस फरक उदाहरण बनेको छ ।
  • पटकपटक देशभरकै सामुदायिक क्याम्पसमा उत्कृष्ट बनिसकेको जनप्रिय बहुमुखी यतिबेला मानित विश्वविद्यालयको खुडि्कलो उक्लँदैछ ।

२५ कात्तिक, पोखरा । सामुदायिक क्याम्पस भन्ने बित्तिकै नाक खुम्च्याउनेहरुका लागि पोखराको जनप्रिय क्याम्पस फरक उदाहरण बनेको छ । पटकपटक देशभरकै सामुदायिक क्याम्पसमा उत्कृष्ट बनिसकेको जनप्रिय बहुमुखी यतिबेला मानित विश्वविद्यालयको खुडि्कलो उक्लँदैछ ।

जनपि्रय देशकै फरक क्यापस मात्रै होइन, आफैं मानित विश्वविद्यालय बन्ने बाटोमा रहेको क्याम्पस हो । यसै क्रममो क्याम्पसले नेपालमै पहिलोपटक माउन्टेन टुरिजम मेनेजमेन्ट (पर्वतीय पर्यटन व्यवस्थापन) को पढाइ सञ्चालन गर्नेे भएको छ ।

स्नातक ४ वर्षे ८ सेमेस्टरको प्रणाली अन्तर्गत यो विषय यसै सत्रबाट सुरु हुने क्याम्पस प्रमुख विरन्जी गौतमले जानकारी दिए । आफैंले पाठ्यक्रम विकास गरी आफैंले परीक्षा लिने र नतिजा निकाल्नेसम्मको स्वायत्तता जनपि्रयले पाएको हो ।

त्रिवि व्यवस्थापन संकायको सहकार्यमा भर्ना सम्बन्धी सूचना प्रकाशित भइसकेको समेत क्याम्पस प्रमुख गौतमले बताए । उनले कात्तिक २३ गतेदेखि मंसिर १२ गतेसम्म र्फम वितरण गरी मंसिर १४ गते प्रवेश परीक्षा सञ्चालन गरिने बताए । शैक्षिक क्षेत्रमा मात्र नभएर यस विषयले पर्यटन प्रवर्द्धनमै महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ । त्यसो त अन्य विषयहरुमा पनि यो क्याम्पस उत्कृष्ट ठहर हुँदै आएको थियो ।

कात्तिक १० गतेत्रिवि प्राज्ञिक परिषदले पास गरी त्रिवि कार्यकारी परिषदको बैकठले जनपि्रय क्याम्पसलाई प्राज्ञिक स्वायत्तता दिएको उनले बताए ।

सामुदायिक क्याम्पसहरुमा सर्वाेत्कृष्ट भएर जनपि्रयले सरकारबाट पुरस्कार पाइसकेको छ । अन्तर्राष्ट्रिय शैक्षिक मापदण्ड पूरा गरेकैले क्युएए प्रमाणपत्र पनि यो क्याम्पसले पाएको छ ।

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले तयार गरेका थुप्रै मापदण्ड पनि पूरा गरी जनपि्रय मानित विश्वविद्यालयको बाटोमा थियो । त्यसै अनुरुप यो शैक्षिक सत्रदेखि पर्वतीय पर्यटन व्यवस्थापन विषयको पढाइ थालेको हो ।

सैद्धान्तिक र प्रयोगात्मक गरी दुवै तवरले माउन्टेन टुरिजम मेनेजमेन्ट पढाइ हुने विषय समिति सदस्यमेखराज पौडेलले बताए । यस विषयमा प्रयोगात्मकलाई पनि उत्तिकै जोड दिइएको छ ।नयाँ विषय भएको हुनाले यस विषयले प्रचुर सम्भावना बोकेको सहायक क्याम्पस प्रमुख राजेन्द्र पौडेलको भनाइ थियो ।

अहिले एक सत्रमा २५ जनाभन्दा धेरै विद्यार्थी भर्ना गरिने छैन । सीमित विद्यार्थी लिएर दक्ष बनाउने योजनामा क्याम्पस छ । ४ वर्षे ८ सेमेस्टरको कोर्सका लािग ३ लाख ५० हजार लाग्ने क्याम्पसले जनाएको छ ।

माउन्टेन टुरिजम मेनेजमेन्ट विषयको पढाइ हुनु भनेको पोखराको लागि मात्र नभएर नेपालकै लागि गौरवको विषय रहेको प्राडा रमेशराज कुँवरले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
श्रीमतीले ‘नाटक नगर जे गर्नु छ गर भनेपछि श्रिमानले यस्ताे कदम उठाए
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खाल्डा पुर्न निर्देशन दिएको ६ दिनमा ६ ठाउँमा पनि खाल्डा पुरिएन, झारा टार्ने काम किन हुँदै छ ?
खप्तड गोल्डकपको उपाधि नेपाल पुलिसलाई
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
  लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रममाथि छलफल सुरु
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
भूकम्पले घरबारविहिन बनेका सिन्धुपाल्चोकमा ७८ हजार नयाँ घरमा
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
२५ हजारभाथिको खर्च देखाउनुपर्ने सुशील कोइरालाले ल्याएको नियम ओलीले हटाएपछि‘
पत्रकार महासंघ सल्यानको अध्यक्षमा इच्छुक
पत्रकार महासंघ सल्यानको अध्यक्षमा इच्छुक
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
बेलायती प्रधानमन्त्रीद्वारा पार्टीबाट राजीनामा
यी कम्पनीहरुले दिन्छन् धेरै लाभांश
तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’
तीन महिनासम्म सडकमै बास, अनि यसरी जन्मियो ‘मामाघर’