राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष ३, २०७५
|
|
२३ पटक हेरिएको
Shares
राष्ट्र विखण्डनको आवाज उठ्दा प्रधानमन्त्रीको मौनता र निरिहता दुर्भाग्यपूर्णः कमल थापा

सारांश

  • नेपालगञ्ज।
  • राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अंगिकार गरेका एजेण्डाको महत्व अझ बढेर गएको बताएका छन्।
  • विगतको चुनावमा एजेण्डाको कारण पार्टीको पराजय नभएको बताउँदै नेपालगञ्जमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विगतका त्रुटी र कमजोरीलाई सच्याएर अघि बढ्ने उद्घोष गर्दै यस्तो अवस्थामा राप्रपा चुप लाग्यो भने हिन्दुराष्ट्र र राजसंस्था सदाका लागि समाप्त हुने भएकोले जनताका घरदैलोमा पुगेर संगठन विस्तार गर्दै राप्रपातिर आकर्षित जनमतलाई भैसकेकोले त्यसको नेतृत्व राप्रपाले गर्ने अध्यक्ष थापाले बताए।

नेपालगञ्ज। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपाले अंगिकार गरेका एजेण्डाको महत्व अझ बढेर गएको बताएका छन्। विगतको चुनावमा एजेण्डाको कारण पार्टीको पराजय नभएको बताउँदै

नेपालगञ्जमा आयोजित प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष थापाले विगतका त्रुटी र कमजोरीलाई सच्याएर अघि बढ्ने उद्घोष गर्दै यस्तो अवस्थामा राप्रपा चुप लाग्यो भने हिन्दुराष्ट्र र राजसंस्था सदाका लागि समाप्त हुने भएकोले जनताका घरदैलोमा पुगेर संगठन विस्तार गर्दै राप्रपातिर आकर्षित जनमतलाई भैसकेकोले त्यसको नेतृत्व राप्रपाले गर्ने अध्यक्ष थापाले बताए।

हिजो प्रखर राष्ट्रवादी चिन्तन भएका केपी ओली प्रधानमन्त्री भएपछि नराम्रोसँग चुकेको भन्दै अध्यक्ष थापाले खुलेआम राष्ट्र विखण्डनको नारा लाग्दा होस्, निर्मला पन्त हत्या प्रकरणमा होस् वा ३३ किलो सुन प्रकरणमा होस्, दुई तिहाइको सरकारले कुनै ठोस कदम चाल्न नसकेको यथार्थले कार्यक्रममा पार्टीका नेताहरु राजेन्द्र लिङदेन, धवल शमसेर राणा, प्रेम बहादुर भण्डारी, गीता बस्नेत, नारायण बहादुर सिंह, महेश बहादुर सिंह, नरेन्द्र पौडेल लगायतले आफ्नो धारणा व्यक्त गरेका थिए।अध्यक्ष थापाले तत्कालिन अवस्थामा नेपाली कांग्रेससँगको सहकार्यमा कांग्रेसले इमानदारिता नदेखाएको, पार्टीले सबै ठाउँमा उम्मेदवारी नदिएको, पटक–पटक सरकारमा गएको जनतालाई चित्त नबुझेको, संगठन कमजोर भएको तथा पर्याप्त साधन र श्रोत नभएको लगायतका कारणले पार्टीले पराजय भोग्नुपरेको दाबी गरे।

भोटमा रुपान्तरण गर्न पार्टी दृढ भएर अगाडि बढिसकेको दाबी गरे।
परिवर्तनपछि देशले काँचुली नै फेर्छ भनेर विश्वस्त रहेका जनताको विश्वासमा तुषारापात भएको बताउँदै थापाले यो दोष कुनै पार्टी वा नेताको मात्र नभएर नीति र व्यवस्थाकै दोष भएको ठोकुवा गरे। गलत नीति र व्यवस्थालाई सुधार गर्न आवश्यक सरकार चौतर्फी असफल भएको पुष्टि भैसकेको अध्यक्ष थापाले जिकिर गरे।

पार्टीले अघि सारेका संगठन निर्माण, जन परिचालन तथा जनसंघर्षका कार्यक्रमलाई सफल पार्न सबै तहका नेता, कार्यकर्ताहरुलाई संगठन विस्तारमा लाग्न अध्यक्ष थापाले आग्रह गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सरकारले यी सचिवलाई कारबाही गर्दै
सरकारले यी सचिवलाई कारबाही गर्दै
सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
सरकारले मिडियामाथि प्रतिबन्ध लगाउँछ भनेर सोच्नु गलत : सञ्चार राज्यमन्त्री
रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् : आफ्नै देशको परिस्थितिले रुसी सेना बनायो
रुसी सेनामा कार्यरत नेपाली युवा भन्छन् : आफ्नै देशको परिस्थितिले रुसी सेना बनायो
नेपालले थाइल्याण्डलाई दियो २८२ रनको लक्ष्य
पोखरा खेल र पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्छः सभामुख महरा
आज विश्व मुस्कान दिवस
आज विश्व मुस्कान दिवस
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
हङकङ ट्रेल रनिङ अवार्ड २०१७-०१८ को नोमिनेशनमा मिरा राई र गोर्खा ट्रेलब्लेजर
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
दश महिना भित्र सन्दिप बने करोडपति, एपिएलमा १५ लाखमा अनुबन्धित !
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
काठमाडौ उपत्यकामा नयाँ शहरको डिपिआर तयार, कहाँ कहाँ बन्दैछन् स्मार्ट सिटी
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु,  प्यानल नै निर्बिरोध !
दोस्रो चरणको निर्वाचनमापनि एमालेको बिजयी यात्रा सुरु, प्यानल नै निर्बिरोध !

तपाईंले छुटाउनुभयो कि?