बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १७, २०७५
|
|
४४ पटक हेरिएको
Shares
बैदेशिक व्यापार असन्तुलन बढ्योः निर्यात ५.८ प्रतिशत, आयात ९४.२ प्रतिशत

सारांश

  • काठमाडौं, १७ पुस ।
  • व्यापार निकासी प्रवद्र्धन केन्द्रले नेपालको वैदेशिक व्यापार असन्तुलन बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ ।
  • चालु आर्थिक वर्षको पाँच महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रले १२ दशमलव ३ प्रतिशत निर्यात बढदा ३३ दशमलव ८ प्रतिशत आयात बढेको छ ।

काठमाडौं, १७ पुस । व्यापार निकासी प्रवद्र्धन केन्द्रले नेपालको वैदेशिक व्यापार असन्तुलन बढ्दै गएको तथ्यांक सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको पाँच महिनासम्मको तथ्याङ्क सार्वजनिक गर्दै केन्द्रले १२ दशमलव ३ प्रतिशत निर्यात बढदा ३३ दशमलव ८ प्रतिशत आयात बढेको छ । तर कुल बैदेशिक ब्यापारको ५ दशमलव ८ प्रतिशत निर्यात भएको छ भने ९४ दशमलव २ आयात भएको छ ।

तथ्याँक अनुसार नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३२.३ प्रतिशतले बढेको छ । ६ खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ बराबरको बस्तु आयात निर्यात भएको छ । जस मध्ये ३७ अर्ब ५० करोड रुपैयाँ बराबरको निर्यात भएको छ भने ६ खर्ब ७ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।

नेपालबाट निर्यात हुने मुख्य वस्तुहरुमा यार्न, ऊनीको कार्पेट, तयारी गार्मेन्ट, जुस, चिया टेक्सटाइल जस्ता रहेका छन् । आयात हुने वस्तुहरुमा पेट्रोलियम पदार्थ, फलाम तथा स्टीलका उत्पादनहरु, यातायातका साधनहरु, मेशिनरी तथा पाट्र्स, विद्युतजन्य उपकरणहरु तथा हवाईजहाज तथा पाट्र्सको आयातमा उच्च बृचि भएको छ । जसले गर्दा मुलुकको व्यापार घाटा बढेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज ४ सय १२ जनामा संक्रमण पुष्टि
आज ४ सय १२ जनामा संक्रमण पुष्टि
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
आज बिहीबार, कस्तो छ तपाईंको राशिफल?
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
वामदेवले मागे प्रधानमन्त्री र पार्टी अध्यक्षबाट ओलीको राजीनामा
आज सुपर मुन देख्न पाइने, दुर्लभ दृश्य- खग्रास चन्द्र ग्रहण पनि
मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु
मकालु एयरको विमान दुर्घटना, चालक दलका सदस्यको मृत्यु
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
रुपन्देहीका ६ वटा स्थानीय तहमा मतगणना शुरु ।
कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे उपलब्धी
कार्यकाल १०० दिन पुगेको भन्दै मेयर शाहले सार्वजनिक गरे उपलब्धी
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
प्रधानमन्त्री ओलीको योजनालाई सघाएर काम गर्न तयार छौँ : राजदूत रिचर्ड
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
पृथ्वीनारायण शाहका दिव्योपदेशलाई अनुसरण गरे परराष्ट्र नीतिमा कुनै समस्या आउँदैन : लिङ्देन
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?
विश्वका उत्कृष्ट शहरहरुकाे सूचीमा भियना पहिलाे नम्बरमा, कुन कुन शहर परे शिर्ष दशमा ?