रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रियल मड्रिडलाइ रोनाल्डोले सय मिलियन यूरो तिर्नुपर्ने !

सारांश

  • रियल मड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजका निकटस्थी जोसे एन्जिल सान्चोज र क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गी मेन्डिजबीच बुधबार राति रोनाल्डो क्लबबाट बाहिरिने शर्तहरुबारेमा अन्तिम छलफल भएको छ।
  • छलफलका क्रममा सान्चोजले मेन्डिजसँग रोनाल्डो क्लबबाट जाने भए सय मिलियन यूरो तिर्नुपर्ने शर्त राखेको र मेन्डिजले रोनाल्डो जान लागेको क्लब यूभेन्ट्स उक्त रकम तिर्न तयार रहेको बताएका छन्।
  • मार्काका अनुसार उनीहरुबीच रोनाल्डोले रियल मड्रिडलाई निरन्तरता दिनसक्ने विषयमा पनि छलफल भएको थियो।

रियल मड्रिडका अध्यक्ष फ्लोरिन्टिनो पेरेजका निकटस्थी जोसे एन्जिल सान्चोज र क्रिस्टियानो रोनाल्डोका एजेन्ट जोर्गी मेन्डिजबीच बुधबार राति रोनाल्डो क्लबबाट बाहिरिने शर्तहरुबारेमा अन्तिम छलफल भएको छ।

छलफलका क्रममा सान्चोजले मेन्डिजसँग रोनाल्डो क्लबबाट जाने भए सय मिलियन यूरो तिर्नुपर्ने शर्त राखेको र मेन्डिजले रोनाल्डो जान लागेको क्लब यूभेन्ट्स उक्त रकम तिर्न तयार रहेको बताएका छन्।
मार्काका अनुसार उनीहरुबीच रोनाल्डोले रियल मड्रिडलाई निरन्तरता दिनसक्ने विषयमा पनि छलफल भएको थियो। तर, रोनाल्डोले माग गरेअनुसारको तलब दिन रियल तयार नदेखिएपछि रोनाल्डोको विदाई निश्चित भएको हो।

उनीहरुबीच रोनाल्डोको विदाई कसरी गर्ने भन्ने विषयमा पनि छलफल भएको थियो। जसमा दुबैले सकरात्मक र सौहार्दपूर्ण वातावरणमा उनको विदाई हुनुपर्नेमा जोड दिएका थिए।

अब रोनाल्डोको ध्यान यूभेन्ट्समा केन्द्रीत भईसकेको र बाँकी चार सिजन उनी यूभेन्ट्सबाट खेल्ने समाचारमा उल्लेख छ।

(एजेन्सी)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?