रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, बैशाख ५, २०७६
|
|
२२ पटक हेरिएको
Shares
रुट परमिट नभएका टिपर चालकले प्रहरीलाई १ सय घुस दिन खोज्दा…

सारांश

  • काठमाडौं ।
  • ड्युटीमा खटिएको प्रहरीलाई पैसा दिन खोज्ने टिपर चालकलाई प्रहरीले पक्रेको छ ।
  • ड्युटीमा खटिएको बेला आर्थिक प्रलोभनमा पार्न खोज्ने बा।

काठमाडौं । ड्युटीमा खटिएको प्रहरीलाई पैसा दिन खोज्ने टिपर चालकलाई प्रहरीले पक्रेको छ । ड्युटीमा खटिएको बेला आर्थिक प्रलोभनमा पार्न खोज्ने बा।४ ख ८५७३ नम्बरको ट्रिपरका चालकलाई पक्रेको हो । धादिङ थाक्रे गाउँपालिका घर भएका २६ वर्षीय वीरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौं महानगरपालिका १४ ढुंगेअड्डा जाने पुल नजिक महानगरीय प्रहरी बृत्त कालीमाटीबाट खटिएका प्रहरीलाई नगद १ सय दिन खोजेपछि पक्रेको हो । टिपर जाँच गर्ने क्रममा रुट परमिट नभएको कारण कारवाहीबाट बच्न चालक तामाङले प्रहरीलाई नगद १ सय रुपैयाँ दिएर आर्थिक प्रलोभनमा पार्न खोजेका थिए ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?