४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ११, २०७४
|
|
४० पटक हेरिएको
Shares
४ सय प्रहरीको टोलीमाथि माओवादीले गरे आक्रमण, ४ प्रहरीको मृत्यु, ७ सिकिस्त घाइते

सारांश

  • रायपुर, माघ ११ ।
  • भारतको छत्तीसगढमा माओवादीहरुले ठूलो हमला गरेका छन् ।
  • केही दिन अगाडि प्रहरीको घेराबन्दीमा परि आधा दर्जन बढी साथी गुमाएका माओवादीहरुले प्रहरीको सर्च अप्रेशन टीममाथि हमला गरेका हुन ।

रायपुर, माघ ११ । भारतको छत्तीसगढमा माओवादीहरुले ठूलो हमला गरेका छन् । केही दिन अगाडि प्रहरीको घेराबन्दीमा परि आधा दर्जन बढी साथी गुमाएका माओवादीहरुले प्रहरीको सर्च अप्रेशन टीममाथि हमला गरेका हुन ।

भास्कर दैनिकका अनुसार, माओवादीहरुको आक्रमणमा परि दुई जना सब इन्सपेक्टरसहित ४ जनाको मृत्यु भएको छ । घटनामा घाइते भएको ७ जनालाई उपचारका लागि रायपुर लगिएको छ ।

प्रहरीका अनुसार, रायपुर नजिकै अबूझमाडको जंगलमा सुरक्षाकर्मीको टोली सर्च अप्रेशनमा रहेको बेला माओवादीहरुले छापामार शैलीमा आक्रमण गरेका थिए ।

स्पेशल डिजी नक्सल अपरेशन डीएम अवस्थीका अनुसार, उक्त जंगलमा नक्सलवादी भेला हुन गइरहेको सूचना पाएपछि ४ सय जनालाई सर्च अप्रेशनका लागि पठाइएको थियो । बिहान ११ बजे कम्पनी नमबर ६ का प्रहरी खोजतलासमा रहेको बेला माओवादीहरुले आक्रमण गरेका थिए ।

यसैबीच छत्तीसगढको बीजापुरमा समेत  बुधबार माओवादी र प्रहरीको भीडन्त भएको छ । भीडन्तमा २ प्रहरी घाइते भएका छन् ।

(Clonazepam)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Tg Tg

    good good

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?