शैक्षिक प्रमाणपत्र धितो: केन्द्रीय बैंकलेदियाे यस्ताे निर्देशन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १२, २०७५
|
|
१९ पटक हेरिएको
Shares
शैक्षिक प्रमाणपत्र धितो: केन्द्रीय बैंकलेदियाे यस्ताे  निर्देशन

सारांश

  • काठमाडौं, १२ असाेज।
  •   नेकपा नेतृत्वको सरकारले गत जेठ १५ मा ल्याएको बजेटमा व्यवस्था गरे अनुसार शैक्षिक प्रमाणपत्र धितोमा कर्जा प्रवाह औपचारिक रुपमा सुरु गर्न केन्द्रीय बैंकले देशका सबै बैंक तथा वित्तिय संस्थालाई  निर्देशन दिएको छ ।
  •  नेपाल राष्ट्र बैंकले ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५’ लागू गर्दै कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै शैक्षिक कर्जा धितोमा ऋण कार्यक्रम कार्यान्यनमा आएको छ ।

काठमाडौं, १२ असाेज।  नेकपा नेतृत्वको सरकारले गत जेठ १५ मा ल्याएको बजेटमा व्यवस्था गरे अनुसार शैक्षिक प्रमाणपत्र धितोमा कर्जा प्रवाह औपचारिक रुपमा सुरु गर्न केन्द्रीय बैंकले देशका सबै बैंक तथा वित्तिय संस्थालाई  निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले ‘सहुलियत कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकिकृत कार्यविधी २०७५’ लागू गर्दै कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएसँगै शैक्षिक कर्जा धितोमा ऋण कार्यक्रम कार्यान्यनमा आएको छ । केन्द्रीय बैंकका अनुसार शुक्रबारदेखि नै लागू गरिएको छ ।

केन्द्रीय बैंकका अनुसार अब जोसुकै शिक्षित व्यक्ति कर्जा लिन परियोजनासहित बैंकमा जान सक्नेछन् । तर, शैक्षिण प्रमाणपत्र धितोमा ऋण भन्नाले बैंकमा सुन वा बहुमूल्य धातु धितो राखेर ऋण लिएको जस्तो नभई लगानी गर्ने परियोजना भनेर अघि सार्नुपर्नेछ । अर्थ मन्त्रालयले गतहप्ता मात्रै सो सम्बन्धी कार्यविधी स्वीकृत गरेको थियो । उक्त कार्याविधीलाई कार्यान्वयनमा ल्याएर सेवाग्राहीलाई सोही अनुरुप कर्जा उपलब्ध गराउन राष्ट्र बैंकले निर्देशन दिएसँगै अबका दिनमा शैक्षिक प्रमाणपत्र धितो तथा परियोजनामा जमानीमा सहुलियत कर्जा पाईने भएको हो । सरकारले पारित गरेकोे कार्यविधि अनुसार ७ प्रकारका क्षेत्रमा सहुलियत ऋण पाइनेछ ।

ब्यवसायिक कृषि तथा पशुपन्छी कर्जा शिर्षकमा पाँच करोड रुपैयाँसम्म ऋण पाइनेछ । कार्यविधी अनुसार उक्त कर्जाको भुक्तानी अवधि बढीमा पाँच बर्ष हुनेछ । कार्यविधीमा १० लाख रुपैयाँभन्दा बढीको ऋणमा ब्यवसायिक परियोजना नै धितोको रुपमा रहनेछ । यस्तो कर्जामा परियोजनाको सम्भाब्यतालाई नै मुख्य आधारको रुपमा लिइनेछ । सहुलियत कर्जा अन्तरगत स्नातक तह उत्र्तीण गरेका युवाले प्रमाणपत्रको जमानीमा ७ लाख रुपैयाँसम्म कर्जा पाउने छन भने वैदेशिक रोजगारीबाट फर्किएका युवाले आफैले व्यवसाय गर्न चाहेमा १० लाख रुपैयाँसम्म सहुलियत कर्जा पाउनेछन ।
यसैगरी सरकारले भूकम्प पीडितहरुको निजी आवाश निर्माणका लागि ३ लाख रुपैयाँसम्म सहुलियत ब्याजमा कर्जा उपलब्ध गराउने भएको छ । सरकारले भुकम्प पीडितका लागि सामुहिक जमानी वा धितो जमानीमा उक्त कर्जा प्रदान गर्नेछ ।

त्यस्तै, प्राविधिक तथा उच्च शिक्षा अध्ययनका लागि ५ लाख रुपैयाँ र दलित समुदाय व्यवसाय विकास कर्जा अन्तरगत १० लाख रुपैयाँसम्म सहुलियत कर्जा उपलब्ध गराईने भएको छ ।

(link)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?