रुपकुमार र मेनुकाको नयाँ गीतमा ज्योती

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २६, २०७५
|
|
३७ पटक हेरिएको
Shares
रुपकुमार र मेनुकाको नयाँ गीतमा ज्योती

सारांश

  • शान्तिराज राई, काठमाडौ, २६ जेठ ।
  • चर्चित गायक रुपकुमार राई, चर्चित गायिका मेनुका राईको ‘नौ लाई सुन्ना नब्बे’ बजारमा सार्वजनिक भएको छ ।
  • बिन्ध्यावासिनी म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको  उक्त गीतमा मोडल ज्योति मगर र काजिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

शान्तिराज राई, काठमाडौ, २६ जेठ । चर्चित गायक रुपकुमार राई, चर्चित गायिका मेनुका राईको ‘नौ लाई सुन्ना नब्बे’ बजारमा सार्वजनिक भएको छ ।

बिन्ध्यावासिनी म्युजिकको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको  उक्त गीतमा मोडल ज्योति मगर र काजिस श्रेष्ठको अभिनय देख्न सकिन्छ ।

हट भिडियोबाट बेला बेलामा बिबादमा आउने मोडल तथा गायिका ज्योति मगरले अभिनय गरेको यस म्युजिक भिडियोमा ज्योतिको नयाँ रुप देख्न सकिन्छ ।

सधै हट देखिने ज्योति यो बेला मौलिक पहिरनमा देखिँदा दर्शक चकित पर्नु स्वाभाविक हो तर ज्योतिले फेरी कता कता मौलिकतालाई बचाउन खोजेकी हुन कि भन्ने पनि देखिन्छ त्यसो त गायक रुपकुमार राई र गायिका मेनुका राई सधै आफ्नो मौलिकतालाई बढी ध्यान दिएर गीत संगीतलाई बजारमा ल्याउने गर्छन । त्यसैले पनि यो गीतले सङ्गीत जगतमा तहल्का पिट्नेमा कुनै दुई मत छैन। उक्त गीतमा लय तथा शब्द डी आर अटुको रहेको छ। मोडेल काजिश श्रेष्ठकै निर्देशन रहेको भिडियोमा छायांकन भने अजय रेग्मीले गरेका हुन भने दिपक बिष्टले सम्पादन गरेका हुन ।

गीत कस्तो बन्यो भन्ने प्रश्नमा विन्ध्यवासिनीका संचालक सुबास रेग्मी ले भने“धेरै पछि विन्ध्यवासिनीले एउटा मौलिक सृजना पाएको छ यो सृजना आम दर्शक श्रोताकै सृजना भनेर सुन्नु हुने छ,गीतको कुनै पनि पाटो हामीले औला उठाउने ठाउँ राखेको छैनौ”।
भिडियो हेर्न तल क्लिक गर्नुहोस

 

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?