आक्रोशपछि संसदमै आगो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ५, २०८०
|
|
३२ पटक हेरिएको
Shares
आक्रोशपछि संसदमै आगो

सारांश

  • काठमाडौं।
  • सत्तापक्ष र प्रतिपक्षी दलबीचको असमझदारी बढेसँगै अल्बानियाको संसदमै आगजनी भएको छ।
  • सत्तापक्षले एकोहोरो पेलेको भन्दै विरोधमा विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदले संसदमै धुवाँ बम पड्काएका छन्।

काठमाडौं। सत्तापक्ष र प्रतिपक्षी दलबीचको असमझदारी बढेसँगै अल्बानियाको संसदमै आगजनी भएको छ। सत्तापक्षले एकोहोरो पेलेको भन्दै विरोधमा विपक्षी डेमोक्र्याटिक पार्टीका सांसदले संसदमै धुवाँ बम पड्काएका छन्।

विभिन्न रङको धुवाँ बमले संसदको च्याम्बर नै धुवाँदार बनेको थियो। धुवाँसँगै सामान्य आगजनी समेत भएको थियो। सांसद र सुरक्षाकर्मीहरुले आगो लागेको केहीबेरमै निभाएका थिए।

संसदमा आगामी वर्षको बजेटमा हुन लागेको मतदान रोक्न माग गर्दै विपक्षी दलले धुवाँ बम पड्काएको जनाएको छ। संसदभित्र अराजक गतिविधि हुने अवस्था देखिएपछि प्रधानमन्त्री इदी रामलाई विशेष सुरक्षा घेराभित्र राखिएको थियो।

विपक्षी दलका नेता एवं पूर्व प्रधानमन्त्री साली बेरिशाले सरकारले संसदमा विपक्षीको आवाज बन्द गराउन खोजेको आरोप लगाए। अल्बानियाको संसदमा प्रधानमन्त्री इदी रामको समाजवादी पार्टी बहुमतमा छ।

प्रतिपक्षको उत्ताउलो प्रदर्शनप्रति संकेत गर्दै प्रधानमन्त्री रामले ” विपक्षीहरुले सडकको शव्द र व्यवहार राजनीतिमा ल्याएको” प्रतिक्रिया दिएका छन्। अल्बानियामा सत्तापक्ष र प्रतिपक्षबीचको सम्बन्ध तनावयुक्त रहँदै आएको छ।

कुनैबेला विपक्षी दलका नेता साली बेरिसा सत्तामा हुँदा पारिवारिक सदस्यहरुलाई राज्यकोषको दुरुपयोगमा प्रेरित गरेको आरोप छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?