उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन २५, २०७९
|
|
२६ पटक हेरिएको
Shares
उम्मेदवारले सामाजिक सञ्जालबाट गरिएको विज्ञापन खर्च पनि बुझाउनुपर्ने

सारांश

  • काठमाडौं।
  • निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।
  • प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ।

काठमाडौं। निर्वाचन आयोगले निर्वाचनका क्रममा सामाजिक सञ्जालबाट गरिने विज्ञापनको खर्चबारे उम्मेदवारले निर्वाचन सम्पन्न भएपछि कानूनबमोजिम पेस गर्ने निर्वाचन खर्च विवरणमा समावेश गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरेको छ।

प्रत्यक्षतर्फको उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सम्पन्न भएसँगै विभिन्न राजनीतिक दल र उम्मेदवारहरूबाट सामाजिक सञ्जालको समेत प्रयोग गरी प्रचारप्रसार र विज्ञापन हुन थालेको छ।

आयोगले जारी गरेको ‘निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोग सम्बन्धी नीति, २०७७’ बमोजिम निर्वाचनका सबै चरण र प्रक्रियामा सामाजिक सञ्जालको समुचित उपयोग गरिने जनाइएको छ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी सामाजिक सञ्जालमा सम्प्रेषित सूचना सामग्रीको प्रभावकारी नियमन, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी आयोगको सचिवालय र अन्तर्गतका कार्यालयसमेतको संयन्त्र बनाई नीतिको कार्ययोजनाबमोजिम भए गरेका काम कारबाहीको निरन्तर अनुगमन र मूल्याङ्कन गर्ने कार्य भइरहेको जनाएका हुन्।

आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का लागि आयोगले राजनीतिक दल र उम्मेदवारले गर्न पाउने निर्वाचन खर्चको हद निर्धारण गरिसकेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
‘पेट्रोलियम पदार्थ मूल्यवृद्धिपछि आएको कमिसन हातमा लिँदै गरेकाे भनिएकाे फाेटेकाे वास्तबिकता यस्ताे छ
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
देउवाले थापासँग माफी माग्दै भने, ‘मलाई सिटौलाले अप्ठेरोमा पारे’
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
नारायणी नदीमा यही महिनामा क्रुजको परीक्षण
बामदेवको डोल्पाबाट सांसद बन्ने सपना साकार हुन सकेन
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
दुई महिनामा ९ सयवटा ईभी र ५ सयवटा गाडी आयात
एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै
एमालेका मुख्यमन्त्री आन्तरिक चुनावबाटै
किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?
किन बसेनन् माओवादीका शीर्ष नेता समानुपातिकमा?
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
‘मिस युनिभर्स नेपाल’ मा विवाहित, आमा र जुनसुकै तौलकाले सहभागी हुन पाउने
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन
मुलुककै चासोको क्षेत्र झापा ३: चुनावी दौडमा सिटौला र लिङ्देन

तपाईंले छुटाउनुभयो कि?