राजधानीमा पेस्तोल आतंकः मध्यरातमा रक्सीले ‘झुम्म प्रहरी’ क्लबमा छिरेपछि…

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन २, २०७४
|
|
१९ पटक हेरिएको
Shares
राजधानीमा पेस्तोल आतंकः मध्यरातमा रक्सीले ‘झुम्म प्रहरी’ क्लबमा छिरेपछि…

सारांश

  • काठमाडौं, फागुन २ ।
  • दरबारमार्ग बलात्कार घटना सेलाउन नपाउँदै दरबारमार्गमा अर्को घटना घटेको छ ।
  • प्रहरी नायब निरीक्षक (सई) राजकुमार श्रेष्ठले पेस्तोल देखाएर आतंक मच्चाएका छन् ।

काठमाडौं, फागुन २ । दरबारमार्ग बलात्कार घटना सेलाउन नपाउँदै दरबारमार्गमा अर्को घटना घटेको छ । प्रहरी नायब निरीक्षक (सई) राजकुमार श्रेष्ठले पेस्तोल देखाएर आतंक मच्चाएका छन् ।

राजधानीको दरबारमार्गस्थित आई क्लवमा पेस्तोल देखाएर आतंक मच्चाएका श्रेष्ठलाई प्रहरीले मध्यरातमा नियन्त्रणमा लिएको छ । मादक पदार्थ सेवन गरी क्लवमा पेस्तोल देखाएर आतंक मच्चाएको आरोपमा सई श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

बुधबार राति मध्यरात २ बजेतिर सादा पोसाकमा हतियारसहित छिरेका जनसेवा वृतको सिआरभीमा कार्यरत श्रेष्ठले क्लब सञ्चालकसँग विवाद गरेको आरोप छ । पेस्तोलसहित अन्य २ जना साथी लिएर सई श्रेष्ठ क्लव पुगेका थिए ।

प्रहरीका अनुसार त्यहाँ सई श्रेष्ठले सञ्चालक र ग्राहकहरूसँग अभद्र व्यवहार गरेको र विवाद सुरु भएपछि पेस्तोल देखाएर आतंकित पार्न खोजेका हुन् ।

विवाद गर्दै गरेका सई श्रेष्ठलाई तत्काल पुगेको दरबारमार्ग प्रहरीले नियन्त्रणमा लिएको थियो । श्रेष्ठ बिहान ६ बजेसम्म पनि झुम्म परेको अवस्थामा दरबारमार्ग प्रहरीमा भेटिएका थिए । सई श्रेष्ठलाई विभागीय कारबाही हुने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?