‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, माघ ९, २०८०
|
|
४३ पटक हेरिएको
Shares
‘रुसी सेनामा बाँच्ने सम्भावना १ प्रतिशत मात्रै’

सारांश

  • काठमाडौं ।
  • रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् ।
  • आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् ।

काठमाडौं । रुसी सेनामा कार्यरत एक नेपाली युवाले रुस नआउन आग्रह गरेका छन् । आफू रुसी सेनामा भर्ती भई युक्रेनविरुद्ध लड्दालड्दै घाइते भएको भन्दै ती युवाले कोही पनि नेपालीलाई रुस आएर रुसी सेनामा भर्ती नहुन अनुरोध गरेका छन् ।

टिकटकमा एक भिडियो सन्देश जारी गर्दै ती युवाले भनेका छन्, ‘म गोली र बम लागेर घाइते भएको छु, यदि कोही नेपाली युवा रुसी सेनामा आउने सोचमा हुनुहुन्छ भने नआउनु होला । बरु यहाँ भएका, फसेका घाइते नेपाली दाजुभाइलाई जसरी भए पनि उद्धार गरेर नेपाल फर्काउन सहयोग गर्नुहोस्।’

रुसी सेनामा भर्ती भएका धेरै नेपाली गोली लागेर छटपटाइरहेको र आफू जस्तै धेरै साथीहरू फसेकाले सबैलाई उद्धार गर्न पनि ती युवाले नेपाल सरकार र त्यहाँस्थित नेपाली दूतावासलाई अनुरोध गरेका छन् ।

‘मजस्तै धेरै दाजुभाइ यहाँ छट्पटाउँदै उद्धारको पर्खाइमा छौं, हामीलाई तत्काल सहयोग गर्नुहोस्,’ ती युवाले भनेका छन्, ‘यहाँ कोही पनि नआउनु । यहाँ एकदम डेन्जर छ । ९९ प्रतिशत मर्ने सम्भावना छ । बच्ने सम्भावना त १ प्रतिशत मात्र छ, त्यो पनि घाइते भएर मात्र बच्न सकिन्छ ।’

उनले भनेका छन्, ‘मृत्युपछि मेरो देशमा मेरी आमा र मेरो परिवारको छेउमा शव पुग्ने भए गोली खान र मर्न पनि तयार थिएँ, तर त्यो सम्भावना छैन । म नेपाल फर्किन्छु या फर्किन्न त्यो थाहा छैन । भोलिका दिनमा जे पनि हुन सक्छ, सायद भोलिको दिनमा म यो संसारमा नहुन पनि सक्छु, हाम्रा लागि यहाँ बोली दिने कोही पनि छैनन् । यो मेरो नेपालीका लागि उठेको पहिलो पुकार हो, मेरो पुकार नेपाल सरकारसम्म पुगोस् ।’

उनले रुसी सेनामा मृत्यु भएकाको शव नेपालसम्म पु¥याउने व्यवस्था गर्न र क्षतिपूर्ति दिलाउन पनि अपिल गरेका छन् । रुसी सेनामा कार्यरत धेरै नेपाली घाइते तथा अंगभंग भएको र स्थिति भयावह रहेको समेत उनले बताएका छन् ।

थप एक नेपालीको मृत्यु

रुसी सेनामा भर्ती भएका थप एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा रसुवा नौकुण्ड गाउँपालिका–५ का ३२ वर्षीय सुन्दर मोक्तान रहेका छन् । उनको २६ दिनअघि मृत्यु खबर आएको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर घलानले बताए । उनको शव ल्याउने’bout कुरा भइरहेको गाउँपालिका उपाध्यक्ष घलानले बताए । योसँगै रुसी सेनामा मृत्यु हुने नेपालीको संख्या १२ पुगेको छ ।

सामाजिक सञ्जाल टिकटकमा सयौं नेपाली युवाहरू रुसी सेनामा भर्ती भएर युक्रेनविरुद्ध युद्ध लागिरहेको भनेर भिडियोहरू पोस्ट भने भइरहेको छ । रुस–युक्रेन युद्धमा रुसका पक्षबाट लड्न ३ देखि ४ हजार जनासम्म नेपाली कार्यरत रहेको अनुमान गरिएको छ ।

राजधानी दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
६ दर्जन हलबाट सुरक्षाको जुलेवी रिलिज
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
सुशासनमा कुनै सम्झौता हुँदैन “विज्ञापन दिएर नतिर्नेलाई पाता फर्काइन्छ: मन्त्री बाँस्कोटा
मध्यपहाडी लोकमार्ग पोखरा-बागलुङ सडक साढे ६ घण्टा बन्द हुने
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
सल्यानका जनता झोलङ्गे पुल नहुँदा जोखिमपूर्ण यात्रा गर्न बाध्य
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
स्थानीय विकास अधिकारीले जिल्ला छाडेपछि निर्माण कार्य प्रभावित
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग  सुरु भएको संकेत,..
सत्तासिन दलसंग सम्बन्ध बिच्छेद गरेको राप्रपाको अबको समिकरण एमालेसँग सुरु भएको संकेत,..
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा
आइजिपी खनालसहित प्रहरी उच्च अधिकारीको टोली कञ्चनपुरमा
शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने
शनिबारदेखि एक वडा एक इञ्जिनियर परिचालन हुने
हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको तयारी
हारेकालाई राष्ट्रिय सभामा लाने देउवाको तयारी
Katrina Kaif’s this latest black and white pic will take your breathe away!
Katrina Kaif’s this latest black and white pic will take your breathe away!