स्वास्थ्यमन्त्री ढकालको घोषणा : आवश्यक परे स्वास्थ्य संकटकालको घोषणा गर्छौं
सारांश
- काठमाडौं, ७ चैत्र ।
- स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आवश्यक परे सरकारले स्वास्थ्य क्षेत्रमा संकटकाल घोषणा गरेर भएपनि अघि बढ्ने बताएका छन् ।
- उनले सरकारले अब ‘लक(डाउन’ गरेर भएपनि कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्ने बताएका छन् ।
काठमाडौं, ७ चैत्र । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले आवश्यक परे सरकारले स्वास्थ्य क्षेत्रमा संकटकाल घोषणा गरेर भएपनि अघि बढ्ने बताएका छन् । उनले सरकारले अब ‘लक(डाउन’ गरेर भएपनि कोरोना रोकथाम तथा नियन्त्रणमा जुट्ने बताएका छन् । आज राति ८ः०० बजे प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
मन्त्री ढकालले कोरोनाको सम्भावित जोखिमबाट मुलुकलाई जोगाउनको लागि सीमा नाका बन्द गर्ने र एक साताका लागि सबै अन्तर्रा्ष्टिय उडान बन्द गर्ने समेत तयारी गरेको बताए । कोरोना नेपाल भित्रिन नदिनको लागि नेपाली जनताले सरकारलाई साथ दिएको सुनाउँदै उनले आफूहरुले कोरोना रोकथाम र नियन्त्रणको लागि कुनै कसरी बाँकी नराख्नेसमेत विश्वास दिलाए । उनले भने,”नेपाल अहिलेसम्म ग्रिन जोनमा छ ।
प्रतिक्रिया