रुस युक्रेन युद्धमा विश्वको आधा जनसंख्या ओगट्ने देश तटस्थ

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २२, २०७८
|
|
१९ पटक हेरिएको
Shares
रुस युक्रेन युद्धमा विश्वको आधा जनसंख्या ओगट्ने देश तटस्थ

सारांश

  • रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका कतिपय देशले विज्ञप्ति निकालेर विरोध गरेका छन् भने कतिपयले युक्रेनलाई खुलेरै साथ दिइरहेका छन् ।
  • कतिपय देश तटस्थ भूमिकामा छन् ।
  • संयुक्त राष्ट्रसंघको १९ फागुनमा बोलाएको विशेष महासभामा १४१ देशले रुसी हमलाको विरोध गरी सेना फिर्ताका लागि टेबल प्रस्तावको पक्षमा मतदान गरे ।

रुसले युक्रेनमाथि हमला गरेपछि विश्वका कतिपय देशले विज्ञप्ति निकालेर विरोध गरेका छन् भने कतिपयले युक्रेनलाई खुलेरै साथ दिइरहेका छन् । कतिपय देश तटस्थ भूमिकामा छन् । संयुक्त राष्ट्रसंघको १९ फागुनमा बोलाएको विशेष महासभामा १४१ देशले रुसी हमलाको विरोध गरी सेना फिर्ताका लागि टेबल प्रस्तावको पक्षमा मतदान गरे ।

रुससहित ५ देशले विपक्षमा मतदान गरे । ३५ देश तटस्थ बसे भने १२ देशले मतदानमा सहभागिता जनाएनन् । युक्रेनविरुद्धको हमलामा रुसको विपक्षमा मतदान गर्ने देशहरुको संख्या बहुमत भएपनि जनसंख्याका दृष्टिले ती देशहरुले विश्वको आधाभन्दा कम हिस्सा ओगट्छन् । विश्वको आधा भन्दा बढी जनसंख्याको हिस्सा ओगट्ने देशहरु भने तटस्थ भूमिकामा नै रहे ।

चीन र भारत तटस्थ बसे । यी दुई देशको जनसंख्या २ अर्ब ७८ करोड हुन्छ । धेरै जनसंख्या भएका पाकिस्तान र बङ्गलादेश पनि तटस्थ बसे । यी दुई देशको जनसंख्या जोड्दा ३८ करोडभन्दा बढी हुन्छ । यसरी विश्वको कुल ७ अर्ब ९० करोड जनसंख्या भएकोमा आधाभन्दा बढी जनसंख्याको हिस्सा ओगट्ने देशहरु युक्रेनविरुद्ध रुसी हमलामा तटस्थ बसेका छन् ।

कंगोको १० करोड, दक्षिण अफ्रिकाको झण्डै ६ करोड, इराकको ४ करोड, भियतनामको झण्डै १० करोड, इरानको ९ करोड, श्रीलंकाको २ करोड, जिम्बाबेको डेढ करोड, तान्जानिया भण्डै ६ करोड, सुडानको ४ करोडजनसंख्या छ । यी देशहरु पनि तटस्थ भूमिकामा रहे ।

युक्रेनविरुद्ध रुसी हमलामा तटस्थ बस्ने देशहरु
अल्जिेरिया, अंगोला, आर्मेनिया, बङ्गलादेश, बोलिभिया, बुरुन्डी, सेन्ट्रल अफ्रिकन रिपब्लिक, चीन, कंगो, क्युबा, यल साल्भाडोर, इक्वेटरियल गिनी, भारत, इरान, इराक, काजिकिस्तान, किर्गिजस्तान, लाओस, माडागास्कर, माली, मंगोलिया, मोजाम्बिक, नामिबिया, निकारागुवा, पाकिस्तान, सेनेगल, दक्षिण अफ्रिका, दक्षिण सुडान, श्रीलंका, सुडान, तालिकिस्तान, तान्जानिया, युगान्डा, भियतनाम र जिम्बाबे ।

(https://www.biolighttechnologies.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कांग्रेसले जित्यो २०१ स्थानीय तहको प्रमुख
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
एन्जिला गौचन साङ्गेतिक क्षेत्रमा पुन: आगमन सङ्गै लिएर आइन त्यो पहिलो नजर
Taimur Ali Khan enjoys a play-date with Rannvijay Singha’s daughter at a zoo in London!
Taimur Ali Khan enjoys a play-date with Rannvijay Singha’s daughter at a zoo in London!
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
आजदेखि पत्रकार महासंघ आन्दोलनमा, कालोपट्टि बाँधेर काम गर्ने
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
प्रजातान्त्रिक विचार समाजको १२औँ महाधिवेशन बुधबारदेखि
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभा लैजाने, स्थायी कमिटी बैठक बैशाख २५ गते
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
एशियाडः भलिबलमा नेपाललाई सान्त्वता जित !
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
कामु प्रधानन्यायाधीशद्वारा आफ्नो प्रमाणपत्रको निष्पक्ष र स्वतन्त्र छानविनको माग
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)
२३ स्वर्णका साथ नेपाल शीर्ष स्थानमा (पदक जित्ने खेलाडीको नाम सहित)

तपाईंले छुटाउनुभयो कि?