आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
१६ पटक हेरिएको
Shares
आँधीका कारण न्युजिल्यान्डमा विद्युत्, उडान र यातायात सेवा अवरूद्ध

सारांश

  • वेलिङ्गटन ।
  • न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् ।
  • आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको छ ।

वेलिङ्गटन । न्युजिल्यान्डको उत्तरी भागमा आएको उष्णकटिबन्धीय आँधीका कारण सोमबार हजारौं घरहरु विद्युतविहीन हुनुका साथै उडानहरु अवरुद्ध भएका छन् ।

आपतकालीन व्यवस्थापन मन्त्री किरन म्याकएनल्टीले तीव्र हावा र भारी वर्षाको ‘अत्यधिक खतरनाक’ संयोजनको कारण देशले व्यापक क्षति व्यहोर्नुपरेको छ ।

आँधीको अवस्था शुरूमाभन्दा कमजोर भएपनि यसले शहर तथा ग्रामिण क्षेत्रमा व्यापक रूखहरु ढालेको छ, सडकहरुमा क्षति पु¥याएको छ र विद्युत लाइन अवरूद्ध भएका छन् ।

अकल्याण्डसहित उत्तरी पाँच क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ ।

न्युजिल्यान्डको नर्थ आइल्याण्डमा करिब ५८ हजार मानिस विद्युत्विहीन भएका छन् । अधिकारीहरूले यो सञ्जाल पुनःस्थापित गर्न केही दिन लाग्न सक्ने बताएका छन् ।

म्याकएनल्टीले भने, “जबसम्म मौसम खराब रहन्छ, तबसम्म नेटवर्कमा काम गर्न वास्तवमा असुरक्षित छ ।

न्युजिल्यान्डको सबैभन्दा ठूलो सहरमा गत महिना आएको बाढीका कारण चार जनाको मृत्यु हुनुका साथै हजारौं मानिस विस्थापित बनेका थिए । उक्त क्षतिको घाउ नमेटिँदै यो अर्को प्राकृतिक विपत्ति आएको छ ।

नर्थल्याण्ड क्षेत्रमा १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको हावाहुरीले क्षति पु¥याएको थियो भने अकल्याण्ड हार्बर ब्रिजमा ११० किलोमिटर प्रतिघण्टाको वेगले आँधीले प्रवेश गरेको थियो ।

म्याकएनल्टीले भने, “सरकारले देशको इतिहासमा तेस्रो पटक राष्ट्रिय आपतकालीन अवस्था घोषणा गर्ने बताइरहेको छ । मेरो विचारमा आपतकालीन अवस्थाको घोषणा गरिहाल्नु पर्दैन । किनकि आँधीको रफ्तार कमजोर भइसकेको छ ।”

मौसमले न्युजिल्यान्डको यातायात सञ्जाललाई पनि तहसनहस पारेको छ, उडान, रेल र बस तालिकाहरू सबै नराम्ररी प्रभावित भएका छन् ।

एयर न्युजिल्यान्डले हालसम्म ५०९ उडान रद्द गरेको तर मङ्गलबारदेखि सामान्य उडान सुरु हुने अपेक्षा गरिएको जनाएको छ ।

उक्त विमान सेवालेले १० हजारभन्दा अन्तर्राष्ट्रिय सेवाग्राहीहरू प्रभावित भएको र छ हजार ५०० लाई पुनः टिकट बुक गर्नु परेको बताएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री
बबई नदी नियन्त्रण गर्न गुरुयोजना – सिँचाइ मन्त्री
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
मन्त्रालय गाभिए, आधा कर्मचारी कटौतीमा पर्ने
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले दियो सरकार ढाल्ने चेतावनी
सुदुरपश्चिममा नागरिक उन्मुक्ति पार्टीले दियो सरकार ढाल्ने चेतावनी
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!
हनीमून क्यान्सील गरेकि सोनम कपूरको साडी अवतार!
प्रधानमन्त्रीको भारत भ्रमणः के के भए सहमति र सम्झौता?
प्रधानमन्त्रीको भारत भ्रमणः के के भए सहमति र सम्झौता?
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
भीमदत्तका प्रमुख प्रशासकीय अधिकृतसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री
प्रधानमन्त्री मोदीको नेपाल भ्रमण धार्मिक र सांस्कृतिकः गृहमन्त्री
यसकारण अब दैनिक १४ घण्टा लोडसेडिङ हुने
यसकारण अब दैनिक १४ घण्टा लोडसेडिङ हुने
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
मंसिरभित्रै प्रदेश र केन्द्रिय संसदको निर्वाचन एकै चरणमा गर्नुपर्छ र त्यही अनुसार तयारी भैरहेको छ : डा. महत
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)
प्रेमका भाव समेटिएको कारुणिक गीत ‘चोट’ बजारमा (भिडियो)

तपाईंले छुटाउनुभयो कि?