पुक्क पेट घटाउने यस्ता छन् १० घरेलु उपाय

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ४, २०७४
|
|
१७ पटक हेरिएको
Shares
पुक्क पेट घटाउने यस्ता छन् १० घरेलु उपाय

सारांश

  • १.
  • यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ ।
  • यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

१. यदि तपार्इंलाई पेटको कुनै रोग छैन भने बिहान उठ्ने बित्तिकै मनतातो पानीमा कागतीको रस राखेर पिउँदा पेटको बोसो घट्छ । यसले मेटाबोलिजम दुरुस्त रहन्छ र तौल कम गर्न पनि मद्दत मिल्छ ।

२. बिहान काँचो लसुन खाने बानी गर्नुहोस् । यसले शरीरलाई
निकै फाइदा गर्छ । बिहान लसुनको दुई या तीन पोटी
चपाएपछि तातोपानीमा कागती हालेर पिउनाले बोसो घटाउन
मद्दत गर्छ । यसबाट मोटोपना घट्ने प्रक्रिया दोब्बर हुन्छ ।
यसबाट शरीरको रक्तप्रवाह पनि सुचारु हुन्छ ।
३. खानामा दालचिनी, अदुवा, लसुन र मरिच प्रयोग गर्दा पेट
बढ्ने सम्भावना कम हुन्छ । यसले तपाईंको इन्सुलिन क्षमता
बढाउँछ र चिनीको मात्रा पनि कम गर्छ ।

४. शारीरिक परिश्रमका आधारमा खाना खानुहोला । धेरै काम
गर्नुहुन्छ भने धेरै खाना जरुरत पर्छ ।

५. खाना खाँदा उमेरको पनि ख्याल गर्नुहोला । बढ्ने उमेरमा
खानाको आवश्यकता बढी पर्छ । यदि ४० वर्ष पार गर्नुभएको
छ भने चिकित्सक वा डाइटिसियनको सल्लाहअनुसार खाना
खानु राम्रो हुन्छ ।

६. बिहानको खाना धेरै खादा फरक पर्दैन ।

७. खानामा फल र सागसब्जी खानुहोस् । बिहान–बेलुकी एक
कचौरा फल र सागसब्जी खानु स्वास्थ्यका लागि
फाइदाजनक हुन्छ । यसबाट पेट भरिन्छ र एन्टीअक्सिडेन्ट,
खनिज र भिटामिन पनि प्राप्त हुन्छ ।

८. दिउँसो खाजाको रुपमा फलफुल, बदाम, भुटेको मकै आदि
राम्रो मानिन्छ । बदाममा भिटामिन इ तथा प्रोटिनका अलावा
फाइबरको मात्रा अधिक मात्रामा हुन्छ । यसको सेवनले पेट
लामोसमयसम्म भरिएको अनुभूति हुन्छ । यसमा क्यालोरीको
मात्रा बढी भएपनि मोटाई भने बढाउँदैंन ।

९. यदि पेटको बोसो कम गर्नुछ भने मिठाईबाट टाढा रहनुहोस् ।
यस्ता खाद्य पदार्थले शरीरमा अतिरिक्त बोसो जम्मा गर्छ ।
यस्तो बोसो पेट, तिघ्राजस्ता शरीरका विभिन्न भागमा जम्मा
हुने गर्छन् । पेटको बोसो कम गर्न धेरै पानी पिउनुहोस् । यो
निकै लाभदायी हुनेछ ।

१०. नियमित अन्तरालमा पानी पिउनाले मेटाबोलिजम बढ्छ र
शरीरबाट विषालु पदार्थ बाहिर निस्कनमा मद्दत गर्छ ।
यसबाट शरीर स्वस्थ रहन्छ ।

– यसका अलावा पेट घटाउन नियमित व्यायाम पनि अनिवार्य
गर्नुपर्छ ।

स्वास्थ्य पत्रिकाबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?