रु नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन १७, २०७५
|
|
२२ पटक हेरिएको
Shares
रु नौ अर्बको लागतमा सिमेन्ट उद्योग सञ्चालन

सारांश

  • हेटौँडा, १७ फागुन , हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।
  • हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो ।
  • सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल क्लिङ्करलगायतका कच्चा पदार्थ खरीद गरी ओपिसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण शुरु गरेको उद्योगका महाप्रबन्धक गणेशकुमार सिंहले बताउनुभयो ।

हेटौँडा, १७ फागुन , हेटौँडामा रु नौ अर्बको लागतमा आधुनिक प्रविधियुक्त ऋिद्धीसिद्धी सिमेन्ट उद्योग सञ्चालनमा आएको छ ।

हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटेमा करीब ४२ बिघा क्षेत्रफलमा तीन जनाको संयुक्त लगानीमा दैनिक तीन हजार टन सिमेन्ट उत्पादन गर्ने लक्ष्यले सो सिमेन्ट उद्योग स्थापना गरिएको हो । सिमेन्टको लागि चाहिने क्लिङ्करलगायतका कच्चा पदार्थसमेत आफैँ उत्पादन गरी गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने लक्ष्य रहेको सो उद्योगले हाल क्लिङ्करलगायतका कच्चा पदार्थ खरीद गरी ओपिसी सिमेन्ट उत्पादन गरी बिक्री वितरण शुरु गरेको उद्योगका महाप्रबन्धक गणेशकुमार सिंहले बताउनुभयो ।

ठूलो लगानीमा सञ्चालन भएको सो उद्योगमा उद्योगको उत्पादन बढाउनका लागि भीमफेदी गाउँपालिकाबाट चुनढुङ्गा उत्खनन शुरु गरेको बताइएको छ । हेटौँडामा हाल यो उद्योगलगायत तीन वटा सिमेन्ट उद्योग सञ्चालनमा रहेको छ । सरकारी स्वामित्वमा सञ्चालित हेटौँडा सिमेन्ट उद्योग र निजी क्षेत्रबाट सञ्चालित शिवम् सिमेन्ट उद्योगको उत्पादन बिक्री वितरणमा रहेका छन् ।

हेटौँडा सिमेन्टले दैनिक ७५० टन सिमेन्ट उत्पादन गरिरहेको छ भने शिवम् सिमेन्ट आफ्नो उत्पादनको बिक्री वितरणमा लागेको बताएको छ । हाल सिमेन्ट उद्योगबीच प्रतिस्पर्धा बढेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री
व्यवसायीहरुले आन्दोलन गरे सरकार चुप लागेर बस्दैन : गृहमन्त्री
भागवण्डाको राजनीतिले ’थिलथिलो’ कांग्रेस
भागवण्डाको राजनीतिले ’थिलथिलो’ कांग्रेस
प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी
प्यालेस्टिनी कार्यालय बन्द गर्ने ट्रम्प प्रशासनको तयारी
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
प्रादेशिक राजधानी दाङ हुनुपर्ने आन्दोलनमा वन महासङ्घ पनि मिसियो
जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती
जलवायु परिवर्तनले सोलुको स्याउ खेती धरापमा, विकल्पमा उच्च घनत्व स्याउ खेती
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
फेसबुक चलाएर बस्ने विमानास्थलका कर्मचारीलाई कारवाही हुन्छ, चलाउनेको फोटो संकलन भइसक्योः पर्यटनमन्त्री भट्टराई
मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी
मालारानी गाउँपालिका अर्घाखाँचीमा एमाले विजयी
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
भारतमा एक युवकले आफनै घाटी काटेर मातालाई बलिदिए पछि…
३१८ नयाँ संक्रमित थप

तपाईंले छुटाउनुभयो कि?