बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

Shikharkhabar Shikharkhabar
|
आइतबार, चैत्र १८, २०७४
|
|
४० पटक हेरिएको
Shares
बेपत्ता भएका दुई विदेशी पर्यटक पदमार्गबाट खसेको अवस्थामा भेटिए

सारांश

  • फलेवास, पर्वत, १८ चैत , पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् ।
  • हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।
  • उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको जंगलमा फेला पारिएको हो ।

फलेवास, पर्वत, १८ चैत , पदयात्रा(ट्रेकिङ)का लागि धौलागिरि पदमार्गमा जाँदा बेपत्ता भएका दुई विदेशी नागरिक फेला परेका छन् ।

हिमालपारिको जिल्ला मुस्ताङको पर्यटकीय गाउँ मार्फाको पश्चिमतर्फ धौलागिरि बेस क्याम्प जाने पदमार्गबाट शुक्रबार रातिदेखि बेपत्ता भएका चेक गणतन्त्रका दुई नागरिक शनिबार साँझ भेटिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक रामहरि पाण्डेले जानकारी दिनुभयो ।

उनीहरुलाई मार्फाभन्दा दुई किलोमिटर माथिको जंगलमा फेला पारिएको हो । प्रहरी नायब उपरीक्षक पाण्डेले भन्नुभयो, “हामीले खोज्दै जाँदा उनीहरुलाई फेला पा¥यौँ । पदमार्गमा हिँड्दै गर्दा एक जना लडेर तल खसेपछि खुट्टा भाँचिएर ढुंगामा च्यापिएको अवस्थामा भेट्टाइयो । सँगै गएका साथी पनि त्यहीँ नै रहेछन् । उनीहरुको उद्धार गरेर जोमसोम ल्याएका छौँ ।”

उनीहरु बेपत्ता भएको खबर पाएलगत्तै शनिबार बिहानैबाट प्रहरीले उनीहरुको खोजी शुरु गरेको थियो भने, सिम्रिक एयरको हेलिकप्टरबाट पनि दिनभर खोजी गरिएको भए पनि उनीहरु धौलागिरि पदमार्ग हुँदै धौलागिरि बेस क्याम्पमा जाँदै गरेका थिए ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

7 Simple Ways To Improve Your Hair Texture
7 Simple Ways To Improve Your Hair Texture
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
१३ खर्ब १५ अर्बको बजेट , कर्मचारीको तलब बढेन, पत्रकारलाई दुर्घटना बिमा, सासंदलाई ४ करोड !
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै
होटल म्यानेजमेन्टमा विद्यार्थीको आकर्षण बढ्दै
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
कोलम्बियासँग ३-० गोलपछि पोल्याण्ड विश्वकपबाट बाहिरियो
विवादमा प्रधानन्यायाधीश, राष्ट्रपतिले सपथ को बाट लिने ?
विवादमा प्रधानन्यायाधीश, राष्ट्रपतिले सपथ को बाट लिने ?
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
अर्थतन्त्र सुधारतर्फ सरकार प्रतिबद्ध : प्रधानमन्त्री प्रचण्ड
असार १८ गते बुधबारको राशीफल यस्तो छ
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
काँग्रेस, विबेकशिलसाझा पार्टी एक भएर अघि बढ्छन् भने मार्सि चामलमात्रै होईन, बास्मतीको भात खुवाउन तयार छु: दुर्गा प्रसाई
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
चौथो राष्ट्रिय पोल्ट्री दिवस को तयारी तीव्र, विविध कार्यक्रम गरी मनाइदै।
प्रहरीद्धारा अवैध पटाका जफत
प्रहरीद्धारा अवैध पटाका जफत