भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख ३१, २०८०
|
|
३१ पटक हेरिएको
Shares
भ्रष्टाचारलाई कारबाहीको माग गर्दै विभिन्न जिल्लामा दबाबमुलक कार्यक्रम

सारांश

  • काठमाडौं।
  • नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न देशका विभिन्न जिल्लाहरुमा दबाबमुलक कार्यक्रमहरु भएका छन् ।
  • राजधानी काठमान्डौदेखि विभिन्न ठाउँहरुमा स्थानीय बासिन्दाहरुले भ्रष्टाचार विरुद्द प्रदर्शन गरेका हुन्।

काठमाडौं। नक्कली शरणार्थी प्रकरणमा दोषीलाई कारबाही गर्न देशका विभिन्न जिल्लाहरुमा दबाबमुलक कार्यक्रमहरु भएका छन् । राजधानी काठमान्डौदेखि विभिन्न ठाउँहरुमा स्थानीय बासिन्दाहरुले भ्रष्टाचार विरुद्द प्रदर्शन गरेका हुन्।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रुपैँया ठगी गरेको घटना सार्वजनिक भएपछि भ्रष्टाचारविरूद्धको आन्दोलनमा देशका विभिन्न ठाउँमा नागरिकहरु उत्रिएका छन्।

काठमाडौंको माइतीघर मण्डलमा शनिवार भएको भष्टाचारविरोधी धर्ना कार्यक्रममा राजनीतिक नेता तथा सामाजिक व्यक्तित्वहरू समेतको संलग्नता देखियो ।

उच्च राजनीतिक व्यक्तित्वबाटै भ्रष्टाचार भएको घटना बाहिरिएपछि प्रदर्शनमा सामाजिक अभियन्ता डा. गोविन्द केसी, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने लगाएत सहभागी भए।

धर्नामा सहभागीहरुले कुरा सिधै प्रष्ट छ, हाम्रो सिस्टम भ्रष्ट छ । भन्नेछौं हामी बारम्बार, भ्रष्टाचारीलाई कारागार । टोपबहादुर कि टापबहादुर । सरकार ठूलो माछा पकडी, लगा छिटो हत्कडी, भन्ने नाराहरु लेखेर प्रदर्शन गरेका थिए ।

प्रदर्शन कार्यक्रममा डा गोविन्द केसीले राजनीतिको परिभाषा नै पैसा कमाउने हो भन्ने प्रवृत्ति देखिएकाले यस्तो प्रवृत्ति चिर्न आवश्यक रहेको धारणा राखे।

शनिबार काठमाडौं सहित पोखरा, विराटनगर, भैरहवा, सिन्धुलीमाडी लगायत विभिन्न शहरमा भ्रष्टाचारविरुद्ध प्रदर्शन भएका छन्। भ्रष्टाचारको विरोधमा कतै कविता वाचन कतै नाटक प्रस्तुत गरिएका छन् ।

पूर्वमन्त्रीदेखि विभिन्न सरकारी अधिकारीहरु समेत पक्राउ पर्न थालेपछि भ्रष्टाचारको विरोधमा र भ्रष्टाचारीलाई कारबाही गर्ने कामको समर्थनमा दबाबमुलक कार्यक्रम गरिएको धर्नामा सहभागीहरुको भनाइ छ ।

प्रहरीले नक्कली शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायण पाण्डे लगायत १२ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?