रु १३ लाखको सामानसहित दुई पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २१, २०७६
|
|
२४ पटक हेरिएको
Shares

सारांश

  • प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित गए राति दुई जनालाई पक्राउ गरेको छ ।
  • भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।
  • सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर३२जे १२०६ नंको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैधरूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रहरीले करीब १३ लाख मूल्य बराबरको अवैध सामानसहित गए राति दुई जनालाई पक्राउ गरेको छ । भन्सार छलेर नेपालतर्फ ल्याउँदै गरेको किरानाका सामान तथा सवारीसाधनसहित प्रहरीले सिरहाको छुट्टाछुटै स्थानबाट दुई जनालाई पक्राउ गरेको हो ।सिरहा नगरपालिका–३ मखनाहास्थित प्रहरी चौकीबाट खटिएको गस्ती टोलीले बीआर३२जे १२०६ नंको स्कारपियोमा भारतबाट नेपालतर्फ अवैधरूपमा लिएर आइरहेको किराना सामानसहित सिरहाको कल्याणपुर नगरपालिका–१२ निवासी ५० वर्षीय सरिफ राइनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

त्यसैगरी सिरहा नगरपालिका–७ ट्राफिक नजिकैबाट अवैध सामानसहित मिर्चैया नगरपालिका–५ निवासी ४५ वर्षीय विष्णुदेव महतोलाई पक्राउ गरेको छ ।स१प ९२०२ नंको मोटरसाइकलमा भन्सार छलेर लुकाई राखिएको ३५ हजार मूल्य बराबरको किराना सामान नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । पक्राउ गरिएको सम्पूर्ण सामान जिल्ला भन्सार कार्यालय माडरमा बुझाइने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?