केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ११, २०७५
|
|
३३ पटक हेरिएको
Shares
केसीसँगको सहमतिबारे नेकपाका सांसदलाई जानकारी

सारांश

  • काठमाडौँ, ११ साउन ।
  • नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ ।
  • प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् ।

काठमाडौँ, ११ साउन । नेपाल कम्युनिष्ट पार्टीले चिकित्सा शिक्षा विधेयकका सम्बन्धमा डा गोविन्द केसीसँग भएको सहमतिबारे आफ्नो संसदीय दललाई आज जानकारी गराएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको बैठकमा दलका उपनेता एवं उक्त सहमतिको पहलकर्ता सुवास नेम्वाङले सो सहमतिबारे जानकारी गराएका हुन् । बैठकमा सहमतिपछिको फरक स्थितिका बारेमा छलफल भएको र सहमतिले संसदीय प्रक्रिया तथा सर्वोच्चतालाई स्वीकार गरेको उनले बताए ।

चिकित्सा शिक्षा विधेयकमा अहमति जनाउँदै प्रमुख प्रतिपक्षको सदन अवरोधको अवस्था रहेको स्थितिमा बैठक बोलाइएको र सहमतिपछि सदन खुल्ने अपेक्षा आफूहरुले गरेको नेता नेम्वाङले बताए। उनले सरकारले प्रस्तुत गरेको विधेयकमा संशोधनको प्रक्रियाबाट टुंगो लगाउने समझदारी विपरीत काँग्रेसले सदन अवरोध गरेकामा असन्तुष्टि व्यक्त गरे । नेकपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्य सहभागी बैठकमा प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेताको उपस्थिति थियो ।

काठमाडौँ उपत्यकाका १० वर्षसम्म नयाँ मेडिकल कलेजका खोल्न नदिने प्राबधानसहित बिहीबार राति सरकार र आमरण अनशनरत डा केसीबीच नौ बुँदे सहमति भएको थियो । सहमतिपछि केसीले २७ दिने अनशन तोड्नुभएको थियो । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
मेयर विष्ट भन्छन:बलात्कारी मेरो परिवारकै सदस्य भएपनि प्रहरीलार्इ बुझाउन तयार छु
पत्रिका, रेडियो, टेलिभिजन र अनलाइनविरुद्ध काउन्सिलमा लाग्यो उजुरीका चाङ
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
सन्दीप लामिछानेको मुद्दामा अभिलेख झिकाउने आदेश
बिजयकुमार गच्छादार सांसदबाट निलम्वित
बिजयकुमार गच्छादार सांसदबाट निलम्वित
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
नियमित सेक्स गर्ने महिला कसरी चिनिन्छन् ? देखिन्छ शरीरमा यस्तो लक्षण !
यस्तो छ आर्थिक वर्ष २०७९\८० को बजेट (पूर्णपाठ)
यस्तो छ आर्थिक वर्ष २०७९\८० को बजेट (पूर्णपाठ)
सिटिजन्स बैंकले  २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने
सिटिजन्स बैंकले २९ करोड १४ लाख ४५ हजार ७७३ शेयर लाभांश दिने
आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..
आफ्नै दिदिलाइ बलात्कार गर्न खोज्ने भाइ प्रहरीको खोरमा..
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
भैंसेपाटीमा मन्त्री क्वार्टर बनाउने निर्णय : संसद्लाई थाहै छैन
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो
पाथीभरा मन्दिर परिसरमा आगलागी, हेलिकप्टर मार्फत पानी लगेर आगो बुझाइयो

तपाईंले छुटाउनुभयो कि?