ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष १२, २०८१
|
|
२३ पटक हेरिएको
Shares
ट्रेड युनियन खारेजीको प्रस्तावमा निजामती कर्मचारी संगठनहरुको आपत्ति

सारांश

  • काठमाडौं।
  • निजामति कर्मचारी संगठनहरुले दलगत ट्रेड युनियन खारेजीको प्रस्तावप्रति आपत्ति जनाएका छन्।
  • बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती विधेयकमाथिको छलफलमा दलगत दलगत ट्रेड युनियन राख्न नहुने बताएका थिए।

काठमाडौं। निजामति कर्मचारी संगठनहरुले दलगत ट्रेड युनियन खारेजीको प्रस्तावप्रति आपत्ति जनाएका छन्। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरे र एमालेका प्रमुख सचेतक महेश बर्तौलाले निजामती विधेयकमाथिको छलफलमा दलगत दलगत ट्रेड युनियन राख्न नहुने बताएका थिए।

बर्तौैला र घिमिरेको सो अभिव्यक्तिलाई लिएर आज विभिन्न दलनिकट पाँच कर्मचारी संगठनहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन्। एमाले, कांग्रेस, माओवादी, एकीकृत समाजवादी, नेपाल मधेसी निजामती कर्मचारी मञ्चले संयुक्त विज्ञप्ति जारी गर्दै दम्भ नदेखाउन चेतावनी दिएका छन्।

कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेल, एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइराला, माओवादीनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष अम्बादत्त भट्ट, एकीकृत समाजवादी नजिकको एकीकृत सरकारी कर्मचारी संगठनका अध्यक्ष यामबहादुर खत्री र नेपाल मधेसी निजामती कर्मचारी मञ्चका अध्यक्ष भुवनेश्वर चौधरीद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘माननीयज्यूहरूले अस्वभाविक ढंगले संचारमाध्यमबाट नकारात्मक टिप्पणीतर्फ बढी उन्मुख गराइरहनुभएको छ।’

सांसदहरु ऐन छिटो जारी गर्नेभन्दा पनि अनावश्यक बखेडाको बहानामा अझै ढिला सुस्ती गर्ने र संघीय निजामती सेवा ऐन तत्काल जारी नगर्ने वातावरण बनाउन लागिपरेको उनीहरुको आरोप छ।

उनीहरुले व्यवस्था परिवर्तनको लागि भएका निर्णायक आन्दोलनहरूमा हामी ट्रेड युनियनहरूले सहभागिता स्मरणसमेत गराएका छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सागको मस्कटमा कृष्णसार
सागको मस्कटमा कृष्णसार
साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
साग कुस्तीः महिलातर्फ सुदूरपश्चिमको वर्चश्व
1xbet Mobi Tətbiqetməsi, 1xbet Apk 1xbet Mobile Xüsusiyyətlər
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
झुट बोल्ने कृष्णबहादुर कि रोशनी ? पोलिग्राफ टेस्टले स्पष्ट पार्ने
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
निजी क्षेत्रले दिगो लगानीमा ध्यान दिनु राष्ट्रको आवश्यकता – राष्ट्रपति भण्डारी
कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल ( अन्तर्वार्ता )
कोरोना रोकथाममा हामी एशियामै सन्तोषजनक अवस्थामा छौँ : मन्त्री ढकाल ( अन्तर्वार्ता )
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
टुडिखेलमा हर्ष बढाइ गर्दैगर्दा माइतीघरमा जलाइयो संविधान, पाँच जना पक्राउ
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
निर्माण व्यवसायी महासंघको २०औं साधारण असोज ४ देखी काठमाडौं मा
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
१० करोड बाँड्ले सरकारलाई के थाहा कपडा किन्ने पैसा नभएर सुत्केरीले छोरी गुमाएको ?
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग
बङ्गबन्धुमा नेपालको पहिलो भेट ताजाकिस्तानसँग

तपाईंले छुटाउनुभयो कि?