रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ११, २०८०
|
|
३४ पटक हेरिएको
Shares
रेडी ट्रेडको गोदामबाट बरामद अधिकांश कार्टुन खोलिएको फेला

सारांश

  • काठमाडौँ ।
  • राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ ।
  • विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो ।

काठमाडौँ । राजस्व अनुसन्धान विभागको टोलीले हिजो काठमाडौँको सोह्रखुट्टेस्थित रेडी ट्रेडको गोदामबाट बरामद गरेको ६६ कार्टुनमध्ये धेरै कार्टुन खोलिएको फेला परेको छ ।

विभागले सुन लुकाएको आशङ्कामा गोदाममा छापा मारेर ती कार्टुन बरामद गरेको थियो । ती कार्टुनहरू साउन ३ गते सिनामङ्गलबाट ‘ब्रेक शु’ भित्र लुकाएर ल्याएको सुनको कार्टुनको आकारका कार्टुनहरू थिए । “हेर्दा धेरै कार्टुनहरू खोलिएको फेला परेको छ, यद्यपि अन्य विषयमा भने अनुसन्धान टोलीले अनुसन्धान गरिरहेको छ”, विभागका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट बरामद गरिएको झण्डै सय किलो सुन त्यही रेडी ट्रेड प्रालिको नाममा आएको थियो ।
विभागले अन्य शङ्कास्पद क्षेत्रमा पनि छापा मार्ने र संलग्नको आशङ्का गरिएको व्यक्ति खोजि गरिरहेको जनाइएको छ । विभागले उक्त सुन प्रकरणमा १७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । बरामद गरिएको सुन भने राष्ट्र बैंकको टक्सार महाशाखामा राखिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ