ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन १, २०७९
|
|
२२ पटक हेरिएको
Shares
ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलनरत मजदुरद्वारा प्रहरीको भ्यानमा आगजनी

सारांश

  • काठमाडौं।
  • बालाजु क्षेत्रका यातायात मजदुरले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका छन् ।
  • उनीहरुले आन्दोलनका क्रममा प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् ।

काठमाडौं। बालाजु क्षेत्रका यातायात मजदुरले ट्राफिक प्रहरीको नियमविरुद्ध आन्दोलन गरेका छन् । उनीहरुले आन्दोलनका क्रममा प्रहरीको भ्यानमा समेत आगजनी गरेका छन् ।

स्रोतका अनुसार बालाजुको बाइपास माछापोखरी सडकमा आन्दोलनकारीहरुले प्रहरीको भ्यानमा आगजनी गरेका हुन् ।

मुल सडकमै प्रदर्शनकारीहरुले प्रहरीको एउटा गाडी जलाएका छन् भने अर्को गाडी पनि तोडफोड गरेर सडकमै लडाइदिएका छन् ।

उनीहरुले प्रहरीले सडकमा राखेको डिभाइडरमा पनि आगजनी गरेका छन् ।

यातायात मजदुरहरुले ट्राफिक जरिवाना महँगो भएको भन्दै आज दिनभरी बालाजु क्षेत्रमा सडक बन्द गरेर आन्दोलन गरिरहेका हुन् ।

प्रदर्शनकारीहरुले बालाजु चोक, माछापोखरी, बसपार्क क्षेत्रमा निजी सवारी साधनसमेत चल्न दिएका छैनन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?