एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, पौष ७, २०७४
|
|
६३ पटक हेरिएको
Shares
एमालेको प्रस्ताव : प्रधामन्त्री, पार्टी अध्यक्ष र संसदीय दलको नेता केपी ओली

सारांश

  • काठमाण्डौ ।
  • नेकपा एमालेका नेता राजन भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकतापछि पनि अध्यक्ष र प्रधानमन्त्री बन्ने बताएका छन् ।
  • नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले केपी ओलीकै नेतृत्वमा नयाँ सरकार र पार्टी एकता हुने बताएका हुन् ।

काठमाण्डौ । नेकपा एमालेका नेता राजन भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी एकतापछि पनि अध्यक्ष र प्रधानमन्त्री बन्ने बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भट्टराईले केपी ओलीकै नेतृत्वमा नयाँ सरकार र पार्टी एकता हुने बताएका हुन् ।

ओलीकै पक्षमा जनमत भएको र भारत, चिन लगायत अन्तराष्ट्रिय जगत पनि पनि ओलीकै पक्षमा भएको उनको दाबी छ ।
परराष्ट्र मामिला विज्ञसमेत रहेका भट्टराईले ओली प्रधानमन्त्री भएपछि नेपाल भारत सम्बन्ध राम्रो हुने बताउँदै चिनसँगको सम्बन्ध पनि अझ मजबुत हुने बताए ।

चिनिया रेल पनि केरुङ–रसुवागढी–काठमाण्डौ–पोखरा हुँदै लुम्बिनीसम्म पु¥याउने भट्टराईले बताए । त्यसैगरी भारतीय रेल रक्सौल जनकपुर हूँदै काठमाण्डौ ल्याउने सोच आफूहरुको भएको भट्टराईले भए ।

एमाले र माओवादीबिच पार्टी एकतामा बढि प्राथमिकता दिनुपर्नेमा जोड दिदै उनले एमालेको स्थायी समिति बैठकबाट एकता प्रक्रिया अगाडि बढ्ने बताए । भट्टराईले पार्टी एकताको मोडल महासचिव ईश्वरपोखरेलले भने अनुसार नै संसदीय दल, अध्यक्ष र प्रधामन्त्री एउटै व्यक्ति अर्थात केपी ओली हुने जिकिर गरेका छन् ।

फरक प्रसङ्गमा उनले राष्ट्रपतिले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश रोक्नु ठीक भएको बताउँदै एकल संक्रमणीय मत प्रणालीको व्यवस्था गर्न खोज्नु गलत भएको बताए ।

यसव विषयमा तीन जना नेताहरु ओली, देउवा र प्रचण्ड बसेर विवाद सुल्झाउनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपालकाे विजयी यात्रा जारी, अन्तिम खेल बलियाे टाेलीसँग !
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
राष्ट्र बैंक ऐन संशोधनको तयारी: ‘डिजिटल करेन्सी’ लाई कानुनी रूप दिइने, राजनीतिक हस्तक्षेपमुक्त र स्वायत्त बनाउन अर्थमन्त्री वाग्लेको जोड
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
भारतीय गृहमन्त्रीसंग प्रचण्डले राखे यस्ताे प्रस्ताव !
म प्राकृतिक रुपममै संवेदनशील छु, कविता पढ्नै सक्दिन..
म प्राकृतिक रुपममै संवेदनशील छु, कविता पढ्नै सक्दिन..
फैसला कार्यान्वयनमा समस्या
फैसला कार्यान्वयनमा समस्या
उपनिर्वाचन आचारसंहिता लागू
उपनिर्वाचन आचारसंहिता लागू
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
भारतीय भन्सारमा रोकिएका ट्याङ्कर नेपाल भित्रिए
मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…
मृगलाई हानेको गोली मान्छेलाई लागेपछि…
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका प्रतिवादीलाई नेपाल फिर्ता ल्याइयो
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू
सभामुखको सरकारलाई रुलिङ, संसदमा उठेका प्रश्नको जवाफ दिनू