रेशम चौधरी पक्रन प्रहरी हाइअलर्टमा
सारांश
- प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागि हुन कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी काठमाडौँ आउन सक्ने आशंकामा प्रहरी प्रशासन हाइअलर्टमा बसेको छ ।
- चौधरी टीकापुर घटनामा फरार अभियुक्त हुन् ।
- पुस १ गते कैलाली जिल्ला प्रहरी कार्यालयले सबै जिल्लाका कार्यालयलाई पत्र लेख्दै चौधरीलाई पक्रन आग्रह गरेको थियो ।
प्रतिनिधिसभाको पहिलो बैठकमा सहभागि हुन कैलालीबाट निर्वाचित सांसद रेशम चौधरी काठमाडौँ आउन सक्ने आशंकामा प्रहरी प्रशासन हाइअलर्टमा बसेको छ । चौधरी टीकापुर घटनामा फरार अभियुक्त हुन् । पुस १ गते कैलाली जिल्ला प्रहरी कार्यालयले सबै जिल्लाका कार्यालयलाई पत्र लेख्दै चौधरीलाई पक्रन आग्रह गरेको थियो । चौधरीको मुद्दा कैलाली जिल्ला प्रहरी कार्यालयमा दर्ता छ ।
कैलाली प्रहरीको पत्र प्राप्त भएपछि काठमाडौं प्रहरी परिसरले केही दिनअघि मातहतका सबै युनिटलाई पत्र लेखेको छ। ‘अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, बानेश्वरमा संसद बैठक बस्ने भएकाले विशेषतस् बानेश्वर प्रहरी वृत्त र सिंहदरबार प्रहरी वृत्त यसमा बढी अलर्टमा बस्नुपर्छ। अन्य युनिटले पनि आफ्नो काम गरिरहेकै हुन्छन्’, काठमाडौं परिसर स्रोतले भन्यो।
प्रहरीले यस्तो तयारी गरिरहे पनि संसद बैठक भने कहिले बस्ने भन्ने टुंगो लागेको छैन ।
Astrologer Udayraj Niraula
yeslai thik parnu parchha
Tapendra Sharma
Good job pulis
Dipendra Keshari Basnet
Kina samauna sedai incounter gara vaio ne sama ra k kam peachanda la chuta cha….
Jamak Lal
ठिक भयेछ