यसरी आइलाग्यो श्रीलंकामा राजनीति संकट
सारांश
- श्रीलंका।
- श्रीलंकामा राजनीतिक सङ्कट शुरु भएको छ ।
- राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको वैठकलाई गरेका छन् ।
श्रीलंका। श्रीलंकामा राजनीतिक सङ्कट शुरु भएको छ । राष्ट्रपति मैत्रीपाला सिरिसेनाले शनिबार संसदको वैठकलाई गरेका छन् । सिरिसेनाले संसदमा आफूमाथि हुनसक्ने चुनौति पन्छ्याउन संसद अधिवेशन आगामी नोभेम्बर १६ सम्म स्थगित गरेका छन् ।प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई प्रधानमन्त्रीबाट निस्कासन गर्दै ३० वर्षे लामो गृहयुद्धलाई अन्त्य गरेका शक्तिशाली पूर्व राष्ट्रपति महिन्दा राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।
राजापाक्षेमाथि मानवअधिकार हनन तथा भ्रष्टाचार गरेको आरोप लागेपछि पछिल्लो संसदीय निर्वाचनमा उनको दल श्रीलङ्का फ्रिडम पार्टीले नराम्रो पराजय भाेगेकाे थियाे ।
राष्ट्रपतिले प्रधानमन्त्रीलाई हटाएको र प्रधानमन्त्रीको दल सत्ताधारी गठबन्धनबाट हटेको अवस्थामा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै यहाँको सुरक्षास्थिति मजबुत पारिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सबै सुरक्षाकर्मीलाई विदा रद्द गराएर कार्यालयमा उपस्थित हुन निर्देशन भएको छ । शुक्रबारमात्र अपदस्थ गरिएका प्रधानमन्त्रीले संसद बैठक स्थगित गरिनुपूर्व नै संसदमा आफ्नो बहुमत रहेको दावी गर्दै संसदको आकस्मिक बैठक बोलाउन माग गरेका थिए ।
प्रतिक्रिया