बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर १०, २०७६
|
|
५३ पटक हेरिएको
Shares
बाख्रापालनले महिलाको आयआर्जनमा वृद्धि

सारांश

  • –पवित्रा घिमिरे पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् ।
  • उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन्  ।
  • “बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन्, “मलाई सन्तुष्टि मिलेको छ ।

–पवित्रा घिमिरे
पाल्पा निस्दी– ५ गल्धा बेलडाँडाकी भुवानी फालले खसी–बोका बिक्रीबाट एक वर्षमा रु दुई लाख ६५ हजार ५८५ बुझिन् । उनले घरधन्दा सकेर फुर्सदको समयमा पालेको बाख्राले यसरी आम्दानी होला भनेर सोचेकी थिइनन्  ।

“बाख्रापालनबाट राम्रो आम्दानी लिन सकेकी छु”, उनले भनिन्, “मलाई सन्तुष्टि मिलेको छ ।” उनको घरमा अहिले पनि २५ भन्दा बढी बाख्रा छन् । ्

पाल्पा ढुङगानावेँशीका नारायणी ढुङगानाले पनि वार्षिक एक लाख २८ हजार रुपैयाँभन्दा बढी बाख्रापालनबाट आम्दानी गरेकी छन् । एक वर्षमा घरमै बसेर यति धेरै आम्दानी होला भनेर उनले सोचकी थिइनन् । तर बाख्रा पालेर आम्दानी राम्रो भएको उनले बताईन् । ‘यस्तो राम्रो आम्दानीको स्रोतका विषयमा मलाई पहिला जानकारी भएन’, उनले भनिन् ।

विभिन्न सहकारी संस्थामा आवद्ध भएका महिलाहरुलाई बाख्रापालनबाट राम्रो फाइदा भएको हो । आम्दानीको स्रोतका रूपमा उनीहरूले बाख्रलाई लिन थालेका हुन् । यसअघि आफूलाई आवश्यक चुरा, टीका, पोतेसमेत किन्न पैसा नहुने गरेकोमा पछिल्लो समय उनीहरु घरखर्च चलाउन, छोराछोरी पढाउनलगायत आफूलाई आवश्यक परेका बेला आफैंले खर्च गर्ने पैंसा जुटाउन थालेका छन् ।

पाल्पाको निस्दी गाउँपालिका–५ स्थित गल्धा सामाजिक उद्यमी महिला सहकारी संस्थाले गतवर्ष खसी–बोका बिक्रीबाट ५४ लाख तीन हजार ६३ रुपैयाँ आम्दानी गरेको थियो । संस्थाका व्यवस्थापक दिलमाया सारुका अनुसार महिलाले गाउँमा लोकल कुखुरापालन, बोडा, सिमी, गहत, सुन्तला बिक्रीबाटसमेत आम्दानी दिने गरे पनि आर्थिक उपार्जनको मुख्य बाटो बाख्रापालन रहेको छ । उहाँले आगामी वर्ष एक हजार २०० खसी बोका बिक्री गर्ने लक्ष्य लिएको बताउनुभयो ।

त्यस्तै पाल्पा बहपुरका भूमिसरा राना पनि यसवर्ष १४ वटा खसीबोका बिक्री गरेपछि बुझेको रकमले दङ्ग छन् । महिलाले यसरी कमाएको केही रकम सहकारीमा जम्मा गर्छन् केही आफूले घरव्यवहार चलाउँदै आएका छन् । निस्दी गाउँपालिकाका अध्यक्ष मुक्तबहादुर सारुले सरकारले सहकारीलाई तीन खम्बे अर्थ नीतिमा जोड दिएको स्मरण गराउँदै आयआर्जन कृषि उत्पादन तथा खसीबाख्रा बिक्रीबाट धेरै आम्दानी गर्ने महिलालाई गाउँपालिकाले पुरस्कृत गर्ने बताउनुभयो ।

हेफर नेपाल र ग्रामीण विकास सङ्घ रेडाको सहयोगमा बाख्रापालन हुन थालेपछि महिला आत्मनिर्भर बनेको महसुुस गर्न थालेका छन् । त्यस्तै रम्भा गाउँपालिका पाल्पामा रहेको उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थामा आवद्ध महिला पनि खसीबाख्रा बिक्रीबाटै राम्रो आम्दानी गर्दै आएका छन् । रम्भा गाउँपालिका–२ का हुमीकुमारी पाडेमगरले सातवटा खसी बिक्रीबाट ८५ हजार २०० रुपैयाँ आम्दानी लिएका छिन् ।

त्यस्तै रम्भा बेलौजीका लक्ष्मी आलेले पनि गएको दशैँमा तीन वटा खसी बिक्रीबाट आएको आम्दानीले दशैं पर्व मनाएको छ । उहाँका अनुसार चाडपर्व नजिकिएपछि खसी बिक्री गर्यो, आम्दानी हुन्छ । पैसाको खाँचो हुदैन् ।

उपहार सामाजिक उद्यमी महिला सहकारी संस्थाले यसवर्ष दशैं तिहार पर्वलाई मध्येनजर गर्दै करीब ५०० को हाराहारीमा खसीबोका बिक्री गरेको सहकारीका अध्यक्ष गङ्गीसरा सिञ्जालीको भनाइ छ । फोक्सिङ्कोटमा यसवर्ष चाडपर्वलाई मध्यनजर गर्दै ६ वटा स्थानमा खसीबोका सङ्कलन केन्द्र स्थापना गरेर बिक्री गर्ने सहकारीले प्रबान्ध मिलाएको थियो । खसी बिक्री गर्दा खरीदकर्ताले प्रतिकिलो रु पाँचका दरले सहकारीलाई बुझाएका छन् ।

पाल्पा जिल्लामा अहिले २०० बढी सहकारी संस्था लिमिटेड रहेकोमा ५० भन्दा बढी महिला सहकारी संस्थामा रहेको जिल्ला सहकारी सङ्घका सदस्य सूर्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । जिल्लाका अधिकांश सहकारी संस्थामा आवद्ध महिलाले सचेतना बृद्धिसँगै आयआर्जनमूलक कार्य गर्दै आएका छन् ।

सधैं घरधन्दा र चुलोचौकामा व्यस्त हुने महिला घरको काम धन्दा सकेर आयआर्जन गर्नका निम्ति कृषि उत्पादन तथा पशुपालनमा उन्मुख हुन थालेका छन् । यसबाट उनीहरु आत्मनिर्भर बन्दै गएका छन् । सहकारीले आफ्नो परिचय दिनसमेत नसक्ने महिलाहरुलाई सबैसँग खुलेर बोल्न, सरसफाइ तथा व्यवहारिक सीपसमेत सिकाएको छ ।
–––

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

३३ किलाे सुन प्रकरण:  प्रहरी भित्र पहिरो!
३३ किलाे सुन प्रकरण: प्रहरी भित्र पहिरो!
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
झिना मसिना साइड लगाउँदै जन्मिए अर्को ‘दादा’ (भिडियोसहित)
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
भूकम्पपछिको पुनर्निर्माणका लागि भारतद्वारा नेपाल सरकारलाई १ अर्ब ५४ करोड बराबरको चेक हस्तान्तरण
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
अरुका नामका भएका सिमकार्ड प्रयोग गर्न नपाउने
निर्माण ब्यवसायी को कुम्भमेला अाजबाट सुरु
निर्माण ब्यवसायी को कुम्भमेला अाजबाट सुरु
निषेधाज्ञा उल्लंघन गर्नेलाई यस्तो छ कारवाही र जरिवाना
माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
माघीमा कर्णाली प्रदेशमा सार्वजनिक बिदा
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
हुम्लाका भण्डारीले पाए एन सी आई टी कलेज मुल इकार्इ कमिटीकाे संयाेजककाे जिम्मा
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
९९ वर्षीय जेष्ठ नागरिकको आशिर्वाद लिएर प्रचारमा – गोकर्ण विष्ट
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य
लिपुलेकमा नेपाली झण्डा गाड्ने विद्यार्थी नेता बने प्रदेशसभा सदस्य