अरुण नदी आठ घण्टापछि बग्न थाल्यो

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
२१ पटक हेरिएको
Shares
अरुण नदी आठ घण्टापछि बग्न थाल्यो

सारांश

  • किमाथाङ्का ।
  • सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ ।
  • आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो ।

किमाथाङ्का । सङ्खुवासभामा मकालु गाउँपालिका–३ र ५ मा निर्माणाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको डाइभर्सन टनेलमा पहिरो खसेपछि थुनिएको अरूण नदी बग्न थालेको छ ।

आज बिहान करिब ८ बजे अरुण तेस्रो जलविद्युत् आयोजनाको ड्याम साइटमा पहिरो खसेर अरुण नदी थुनिएको थियो । पहिराले थुनिएको अरुण नदी विस्तारै ड्याम माथिबाट बग्न थालेको हो । अरुण नदी थुनिएको आठ घण्टापछि ड्याम भरिए बग्न थालेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए । उपरीक्षक गोदारका अनुसार दिउँसो ३ बजेदेखि नदी आफ्नै धारमा फर्किएको हो । अरुण थुनिएपछि २६ मिटर अग्लो बाँधमा पानी भरिएको थियो ।

बाँधमा पानी जमेपछि करिब २ किलोमिटर परसम्म ताल बनेको छ । टनेलको पानी निस्काशन हुने ठाउँमा पहिरो खसेपछि नदी बन्द भएको थियो । अरुण नदीलाई बहाब परिवर्तन गरी चार सय २९ मिटर लामो डाइर्भसन टनेलमार्फत अरुण नदी मोडिएको थियो । आयोजनाको बाँध निर्माणका लागि अस्थायी बाँध निर्माण गरी डाभर्सन टनेलमार्फत नदी बग्दै आएको थियो ।

जिल्ला प्रशासन कार्यालय र स्थानीय तहले अरुण नदी छेउछाउका वस्तीका बासिन्दालाई सजग हुन आग्रह गरेको छ । अरुण थुनिएपछि अरुण तेस्रोमा ड्याम साइडको काम पनि ठप्प भएको छ । अहिले आयोजनाको ड्यामसाइडको अस्थायी बाँधमा पानी भरिएको छ ।

(hotcanadianpharmacy.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?