राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ ४, २०७४
|
|
५३ पटक हेरिएको
Shares
राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता धरापमा पर्नसक्छ : प्रदीप ज्ञवाली

सारांश

  • काठमाडौं, ४ माघ ।
  • नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता नै धरापमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।
  • नेता ज्ञवालीले ट्वीटमार्फत प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने अधिकार प्रदेश सभाका सांसदहरुको भएको बताएका छन् ।

काठमाडौं, ४ माघ । नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले प्रदेश राजधानीको विषयमा संयमता गुमाउँदा संघीयता नै धरापमा पर्नसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । नेता ज्ञवालीले ट्वीटमार्फत प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने अधिकार प्रदेश सभाका सांसदहरुको भएको बताएका छन् ।

नेता ज्ञवालीले भनेका छन, “प्रदेशका अस्थायी मुकामको विषयलाई लिएर विरोधमा उत्रिएका साथीहरूलाई आग्रह छ– संयमित हुनुहोस् । प्रदेशको राजधानी तोक्ने र नामकरण गर्ने अधिकार तपाईँहरुले नै चुनेका सभासदहरूलाई छ । उहाँहरूले अवश्य विवेक पुराउनु हुनेछ । संयम गुमाउँदा संघीयता नै धरापमा पर्न सक्छ ।”

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?