दाहालको प्राथमिकतामा माडी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर ११, २०७५
|
|
५३ पटक हेरिएको
Shares
दाहालको प्राथमिकतामा माडी

सारांश

  • चितवन, ११ मङ्सिर ,चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको छ ।
  • नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो ।
  • स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो ।

चितवन, ११ मङ्सिर ,चितवन क्षेत्र नं ३ बाट निर्वाचित हुनुभएका पुष्पकमल दाहाल ‘प्रचण्ड’को विकास बजेट माडी केन्द्रीत रहेको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका दाहालले निर्वाचनको समयमा माडी क्षेत्रबाट निकै आलोचना खेप्नुपरेको थियो । स्थानीय पूर्वाधार विकास तथा साझेदारी कार्यक्रमवापत निकासा भएको रकममा माडी क्षेत्र प्राथमिकतामा परेको हो । सो क्षेत्रको निर्वाचित सांसद संयोजक हुने गरी रु चार करोड विकास बजेट जिल्ला समन्वय समितिमार्फत् निकासा हुने गर्दछ ।

जिल्ला समन्वय समितिले उपलब्ध गराएको कार्यक्रम तालिकाअनुसार माडी नगरपालिका क्षेत्रका लागि रु एक करोड ७१ लाख बजेट विनियोजन गरिएको छ । भरतपुर महानगरपालिकाका २० वटा वडाका लागि रु दुई करोड २७ लाख बजेट विनियोजन भएको छ । माडीमा नौ वटा वडा रहेका छन् ।
माडीका पूरै नगरपालिकामा २१ हजार ६७३ मतदाता छन् । भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । ती सबै वडामा एक लाख ५० हजार २७३ मतदाता रहेका छन् जसमध्ये ६६ प्रतिशत हाराहारी क्षेत्र नं ३ मा पर्दछ ।
दाहालले माडीमा सडक, कल्भर्ड, पुल, पार्क, विद्यालय लगायतका पूर्वाधारमा बजेट विनियोजन गर्नुभएको छ । जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले जनसङ्ख्याको तुलनामा दाहालको प्राथमिकता माडी क्षेत्रमा परेको बताउनुभयो ।

जुन क्षेत्र विकासका दृष्टिले पछाडि परेको छ त्यसलाई नै प्राथमिकतामा अध्यक्ष दाहालले पारेको उहाँले बताउनुभयो । सशस्त्र द्वन्द्वमा माडीको बाँदरमुढेमा भएको घटनाका कारण दाहालले निर्वाचनको समयमा आलोचना खेप्नु परेको थियो । अहिले विकास बजेटमा प्राथमिकतामा परेसँगै स्थानीयवासीमा उत्साह थपिएको छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले दाहालले बजेट बाँडफाँडमा माडीलाई प्राथमिकतामा राख्नु भएको बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बारामा आगलगीबाट छ घर–गोठ नष्ट
बारामा आगलगीबाट छ घर–गोठ नष्ट
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
मूल्यवृद्धि नियन्त्रण र वित्तीय स्थायित्वलाई केन्द्रमा राखी मौद्रिक नीति आउँछ : राष्ट्र बैंक सञ्चालक शिवाकोटी
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
‘संविधानसम्मत जिम्मेवारी नै प्रधानसेनापतिको प्रमुख प्राथमिकता’
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
ओलीको राष्ट्रवादी अडान र देशभक्तिपूर्ण कामलाई कमजोर देखाउन घिनलाग्दा षडयन्त्रमा लागेका छन् : उपप्रधानमन्त्री पोखरेल
नेकपामा कडा आचारसंहिताः कसैलाई तँ भन्न नपाइने
नेकपामा कडा आचारसंहिताः कसैलाई तँ भन्न नपाइने
क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
क्रिकेटर लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
नारायणगढ–मुग्लिङ सडकखण्डमा पहिरो खसेर सडक अवरुद्ध
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
यसैवर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना
साहसिक खेल प्रशिक्षण केन्द्र स्थापना
यसरी मनाउँदै छ मगर संघले माघे संक्रान्ति
यसरी मनाउँदै छ मगर संघले माघे संक्रान्ति