लिभरपुलको शानदार जित
सारांश
- काठमाडौ १५,पुष।
- लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको छ।
- इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनलमाथि लिभरपुलले शानदार जित दर्ता गरेको छ ।
काठमाडौ १५,पुष।लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनललाई ५–१ गोलअन्तरले पराजित गरेको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति लिभरपुलकै घरेलु मैदानमा भएको खेलमा राम्रो प्रदर्शन गर्दै आएको आर्सनलमाथि लिभरपुलले शानदार जित दर्ता गरेको छ ।
लिभरपुलको जितमा रोबर्टो फिरमिनोले ह्याट्रिक गरे । यस्तै साडिओ माने र मोहम्मद सालहले समान एक एक गोल गरेका छन् ।
खेलको ११ औं मिनेटमा नै निल्सले गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए । तर आर्सनलले सुरुवाती गोल गरेपनि खेल सकिदासम्म लिभरपुलले पाँच गोल गर्न सफल भयो ।
जितपछि शीर्षस्थानको लिभरपुलले आफ्नो उपाधि होडको यात्रालाई बलियो बनाउँदै लगेको छ । उसको २० खेलबाट ५४ अंक भएको छ र दोस्रो स्थानको टोटनह्याम भन्दा ९ अंकले अघि रहेको छ ।


प्रतिक्रिया