मुम्बईको खराब प्रदर्शन, बेंगलोरको तेस्रो जित
सारांश
- काठमाडौं।
- मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ।
- मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ।
काठमाडौं। मुम्बई इन्डियन्समाथि ७ विकेटको जित निकाल्दै रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आइपीएल) मा लगातार तेस्रो जित निकालेको छ। मुम्बईले भने लगातार चौथो हार बेहोरेको छ।
जितका लागि पाएको १५२ रनको लक्ष्य बेंगलोरले १८ ओभर ३ बलमा ३ विकेट गुमाउँदै पूरा गर्याे। बेंगलोरको जितका ओपनर अनुज रावतले सर्वाधिक ६६ रन बनाए। यस्तै विराट कोहलीले ४८ रनको योगदान गरे।
यसअघि पुनेमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५१ रनको योगफल तयार पारेकाे थियाे। मुम्बईका सूर्य कुमार यादवले सर्वाधिक ६८ रन बनाए । यस्तै ओपनर ईशान किशन र रोहित शर्मा समान २६ रन बनाए। बेंगलोरका हर्षल पटेल र वानिन्दु हसरंगाले समान २ विकेट लिए।[image: IPL-3.jpg]
प्रतिक्रिया