मोबाईल फोन नेपालमा १२ गुणा महंगो,भारतमा १६ पैसा प्रतिमिनेट
सारांश
- काठमाडौं,८ साउन ।
- नेपालमा दुर सञ्चार सेवा प्रदायकहरुले टेलिफोन शुल्कको मूल्यबृद्धि गरिरहेको बेला भारतमा भने जम्मा १६ पैसा प्रति मिनेटमा कुरा गर्न पाइन्छ ।
- भारतमा टेलिकम कम्पनीहरुका बीचमा चलेको चर्को प्रतिस्पर्धाका कारण शुल्क घट्दा उपभोक्ताले लाभ लिन सफल भएका छन् ।
काठमाडौं,८ साउन । नेपालमा दुर सञ्चार सेवा प्रदायकहरुले टेलिफोन शुल्कको मूल्यबृद्धि गरिरहेको बेला भारतमा भने जम्मा १६ पैसा प्रति मिनेटमा कुरा गर्न पाइन्छ । भारतमा टेलिकम कम्पनीहरुका बीचमा चलेको चर्को प्रतिस्पर्धाका कारण शुल्क घट्दा उपभोक्ताले लाभ लिन सफल भएका छन् । सात वर्षको अवधीमा भारतमा टेलिकम शुल्क ६६ प्रतिशतले घटाइएको छ ।
भारतका प्रख्यात टेलिकम कम्पनी रिलायन्स, जिओ टेलिकम कम्पनी सञ्चालनमा ल्याएपछि भारतमा मोवाइल शुल्कमा ६६ प्रतिशत घटेको विवरण हालै सार्वजनिक गरिएको छ । सन् २०११ मा मोवाइलको कल प्रतिमिनेट ४८ देखि ५१ पैसा भारु रहेकोमा यो वर्ष घटेर १६ पैसामा झरेको जनाइएको छ । नेपालमा भने प्रतिमिनेट दुई रुपैयाँ हाराहारी शुल्क असुली भइरहँदा समेत नियमनकारी निकाय मौन रहँदै आएका छन् ।
नेपालको दुरसञ्चार शुल्क विश्वका अन्य धेरै देशहरुको तुलनामा निकै महंगो रहेको छ । जसका कारण अन्तर्राष्ट्रिय कम्पनीहरुले नेपालमा लगानी गर्न आँखा लगाइरहेका छन् ।
Ganesh Shakya
सर, कुन चिज सस्तो छ नेपालमा? कमिसन, भ्रष्टाचार र डन्डहिनता बाहेक ।
Sundar Khatri
Ho hajur loot chha .